शुक्रबार, कात्तिक २८, २०८२

रहेनन् बलिउड अभिनेता दिलीप कुमार

बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ। उनको ९८ वर्ष उमेरमा निधन भएको हो।  बीबीसीका अनुसार हिन्दुजा अस्पतालले दिलीप कुमारको निधनको पुष्टि गरेको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ। उनको ९८ वर्ष उमेरमा निधन भएको हो।  बीबीसीका अनुसार हिन्दुजा अस्पतालले दिलीप कुमारको निधनको पुष्टि गरेको छ।

National life

उनी पछिल्लो केही दिनदेखि हिन्दुजा अस्पतालमा भर्ना भएका थिए। उनको बुधबार बिहान ७ बजे उपचारकै क्रममा मृत्यु भएको हो।

दिलीप कुमारको ट्विटर हेन्डलबाट पनि बिहान ८ बजे उनको निधनको जानकारी गराइएको छ। उक्त ट्विट पारिवारिक स्रोतले गरेको थियो।

ट्विटरमा लेखिएको छ, 'गह्रुँगो मन र गहिरो दु:खका साथ म यो घोषणा गर्छु की हाम्रा प्रिय दिलीप कुमारले संसार छोडेका छन्। हामी भगवानका तर्फबाट आएका हौं। र, उनैकोमा जानु छ- पारिवारिक मित्र फेसल फारुकी।' स्वासप्रश्वासमा समस्या भएपछि दिलीप कुमारलाई जुन ६ मा अस्पताल भर्ना गरिएको थियो।

'ट्रेजेडी किंग' को रुपमा परिचित दिलीप कुमारले पाँच दशक लामो करियरमा 'मुगले आजम', 'देवदास', 'नयाँ दौर', 'राम और श्याम' जस्ता हिट फिल्म दिएका छन्। उनी १९९८ मा पहिलो पटक फिल्म 'किला' मा दखिएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 07, 2021| 03:26 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्