बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानको राजधानी काबुलमा तालिबानको आक्रमण, कयौं हताहत

अफगानिस्तानको राजधानी काबुलमा तालिबानको आक्रमण, कयौं हताहत

अफगानिस्तानको राजधानी काबुलमा लगातार आक्रमण भएका छन्। आज (बुधबार) पनि काबुलमा भएको कार बम आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको र अरु थुप्रै मानिस घाइते भएको जनाइएको छ।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा लगातार आक्रमण भएका छन्। आज (बुधबार) पनि काबुलमा भएको कार बम आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको र अरु थुप्रै मानिस घाइते भएको जनाइएको छ।

National life

काबुलमा २४ घण्टायता थुप्रै पटक आक्रमण भएका छन्। पछिल्लो आक्रमणको जिम्मा कसैले लिएको छैन। मंगलबार रक्षामन्त्री विश्मिल्ला खान मोहम्मतीको घर नजिक आक्रमण भएको थियो। उक्त आक्रमणमा पनि ८ जनाको मृत्यु भएको थियो भने झण्डै २० जना घाइते भएको थिए। आक्रमणमा आत्मघाती बिस्फोट गराउन आएका ४ जना पनि मारिएका थिए। उक्त आक्रमणको जिम्मा भने तालिबान विद्रोही संगठनले लिएको छ। आक्रमणको जिम्मा लिँदै तालिबान प्रवक्ता जबिहुल्ला मुजाहिदले अलजजिलरासँग सहिद ब्रिगेटका कयौँ बहादुर मजाहिदिनद्वारा आक्रमण गरिएको बताएका थिए।

रक्षामन्त्रीलाई लक्षित गरेर गरिएको आक्रमणमा उनी र उनको परिवारका सदस्यहरु भने सुरक्षित रहेको बताइएको छ।

अफगानिस्तानमा अमेरिकी र नेटो सैनिक फिर्ता हुने घोषणा गरेसँगै तालिबानले विभिन्न ठाउँमा आक्रमण चर्काएको छ। पछिल्लो केही दिनयता ठूला सहर केन्द्रित आक्रमण गरेको तालिबानले मंगलबार र बुधबार राजधानी काबुलमासमेत लगातार  आक्रमणहरु गर्दै आएको छ। आक्रमणपछि कयौं मानिस त्रासमा बाँचिरहेको जनाएको छ। आक्रमणले कतिपय मानिसहरु घर छोडेर भाग्न थालेका छन्। अमेरिकी सैनिक र नेटो सैनिक फिर्ता हुँदा अफगानी नागरिकहरुले असुरक्षित महसुस गर्न थालेको जनाइएको छ।

प्रकाशित: Aug 04, 2021| 15:01 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।