बिहीबार, फागुन १४, २०८२

सम्बन्ध विच्छेदको भोलिपल्ट सँगै देखिएका आमिर र किरणले के भने?

१५ वर्षे वैवाहिक जीवन टुंग्याउने घोषणा गरेको भोलिपल्ट अभिनेता आमिर खान र किरण रावले आफूहरु असाध्यै खुसी रहेको प्रतिक्रिया दिएका छन्।
 |  सोमबार, असार २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार २१, २०७८

काठमाडौं– १५ वर्षे वैवाहिक जीवन टुंग्याउने घोषणा गरेको भोलिपल्ट अभिनेता आमिर खान र किरण रावले आफूहरु असाध्यै खुसी रहेको प्रतिक्रिया दिएका छन्। सम्बन्ध विच्छेदको भोलिपल्ट पानी फाउन्डेसनको एक अनलाइन कार्यक्रममा सँगै देखिएका आमिर र किरणले यो खुसी व्यक्त गरेका हुन्।

National life

आमिरले भने, ‘तपाईंहरुले हाम्रो घोषणा सुन्नुभयो नै होला। दुःख पनि लाग्यो होला सुनेर। तर हामी दुईजना एकदम खुसी छौं। हाम्रो नाता परिवर्तन भएको छ तर पनि हामी साथ छौं। हाम्रो लागि तपाईंहरु पनि शुभेच्छा व्यक्त गर्नुस्।

किरणले पनि आफूहरु पति–पत्नीको रुपमा नरहे पनि सँगै काम गर्ने बताइन्। उनले पनि दर्शक–शुभचिन्तकको शुभेच्छा पाइराख्ने आशा व्यक्त गरिन्। 

आमिर र किरणले शनिबार आफूहरु अलग भएको संयुक्त रुपमा जानकारी दिएका थिए। १५ वर्षअघि बिहे भएको यो जोडीका एक छोरा छन्। छोराको पालनपोषण दुवैले मिलेर गर्ने उनीहरुले बताएका छन्।  

आमिर र किरणको पहिलो भेट लगान फिल्मको सेटमा भएको थियो। फिल्मको मुख्य भूमिकामा आमिर थिए भने किरण असिस्टेन्ट डाइरेक्टर। केही समयमै उनीहरुको बिहे भयो।

Laxmi sunrise bank

किरणसँग आमिरको दोस्रो बिहे हो रिना दत्ता आमिरकी पहिलो पत्नी हुन्। १६ वर्षपछि उनीहरुले सन् २००२ मा सम्बन्ध विच्छेद गरेका थिए। उनीहरुका एक छोरा र एक छोरी छन्।
 

प्रकाशित: Jul 05, 2021| 02:13 सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्