सोमबार, वैशाख ८, २०८२

कोरोना संक्रमण कम नहुँदै बढ्ने संकेत, विज्ञ भन्छन्- सरकारले गरेको गल्तीको दोष जनतालाई दिन मिल्दैन

निषेध आदेश खुकुलो हुनु अगाडि अस्पतालको आईसीयूमा बिरामी घट्दै गएका थिए। केही आईसीयू बेड  खाली भएका पनि थिए। तर पछिल्लो केही दिन यता संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको संख्या बढेको उनको भनाइ छ। उनी भन्छन्, ‘संक्रमित बढ्दै जाने हो भने बेड अभाव हुनसक्छ।’
 |  आइतबार, असार २०, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, असार २०, २०७८

vianetvianet

काठमाडौं- करिब डेढ महिनाको निषेध आदेशलाई असार ८ गतेदेखि खुकुलो बनाइएको छ। कोरोना संक्रमण कम हुँदै गएपछि खुकुलो बनाइएको संक्रमण दर पूर्ण रूपमा निषेध आदेश नहट्दै पुनः बढ्ने संकेत देखिइसकेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा कोरोना संक्रमणपछि भर्ना हुने बिरामीको संख्या बढ्न थालेको अस्पतालका प्रवक्ता नवराज गौतम बताउँछन्। 

triton college

निषेध आदेश खुकुलो हुनु अगाडि अस्पतालको आईसीयूमा बिरामी घट्दै गएका थिए। केही आईसीयू बेड  खाली भएका पनि थिए। तर पछिल्लो केही दिन यता संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको संख्या बढेको उनको भनाइ छ। उनी भन्छन्, ‘संक्रमित बढ्दै जाने हो भने बेड अभाव हुनसक्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि पछिल्लो दुई/तीन दिन यता संक्रमितको संख्या बढेको देखाएको छ। आइतबार मात्रै ८ हजारभन्दा बढीको स्वाब परीक्षण हुँदा १६ सय ३ जनामा संक्रमण पुष्टि भएको छ। यो २० प्रतिशत संक्रमण दर हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल पनि केही दिन यता संक्रमितको संख्या बढ्दै गएको बताउँछन्। नयाँ भेरियन्टका कारण पनि संक्रमणमा सोचेअनुसार कमी आउन नसकेको उनको भनाइ छ। निकै संक्रामक भनिएको ‘डेल्टा भेरियन्ट’सँगै नेपालमा ‘डेल्टा प्लस भेरियन्ट’ले थप जोखिम थपिएको छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा कोरोना संक्रमणपछि भर्ना हुने बिरामीको संख्या बढ्न थालेको अस्पतालका प्रवक्ता नवराज गौतम बताउँछन्। 

National life insurance

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि डेल्टा भेरियन्टका कारण संक्रमण बढेको हुन सक्ने बताउँछन्। ‘डेल्टा प्लस भेरियन्टले पनि संक्रमण बढाइरहेको हुन सक्छ। अहिले नेपालमा देखिएको डेल्टा भेरिअन्ट अत्यन्तै संक्रमणशील रहेको विज्ञहरू बताउँछन्। यससँगै नेपालमा “भेरिअन्ट अफ कन्सर्न“का रूपमा अल्फा र डेल्टा भेरियन्ट तथा “भेरिअन्ट अफ इन्ट्रेस्ट“का रूपमा काप्पा भेरियन्ट पुष्टि भएको छ। यी तीनवटै भेरियन्ट उच्च संक्रामक र सबै उमेर समूहमा प्रभाव पार्ने देखिएको मन्त्रालयको भनाइ छ।

जनस्वास्थ्यविद् डा. शरद वन्त कोरोना संक्रमण नियन्त्रणका अभ्यास व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँछन्। संक्रमणको पहिलो र दोस्रो लहरमा झैं काम गरेर नपुग्ने उनको भनाइ छ। पहिलो र दोस्रो लहरका बेला सरकारका थुप्रै कमजोरी भएको उनको भनाइ छ। संक्रमण न्यूनीकरणका लागि ज्ञान भएपनि अभ्यास नभएको उनले उल्लेख गरे। 

डा वन्तको भनाइ जस्ताको तस्तै:
संक्रमणको गति रोक्न लागि हामीसँग ज्ञान छ तर अभ्यास छैन। हामीले जानकारी भएका ज्ञानबारे कति जिम्मेवारपूर्ण लागु गर्‍यौँ त? संक्रमणको चरणहरु कसरी आउँछ, कुन हदसम्म आउँछ, कति क्षति पुर्‍याउँछ भन्ने कुरा हाम्रो व्यवहारले धेरै हदसम्म प्रभाव पार्छ। 

पहिलो चरण र दोस्रो चरणमा नियन्त्रण गर्न हामीसँग सम्भावना, अवसर निकै थिए। हामी चुक्यौं। परिणाम दोस्रो लहरमा ठूलो क्षति भयो। हुन त नियन्त्रण गर्ने कुरा सबै आन्तरिक तवरबाट मात्रै सम्भव हुँदैन। कतिपय बाह्य कारणले पनि प्रभाव पारेको छ। विश्वरभर भइरहेको स्थितिले हामीलाई असर गरिरहेको छ। छिमेकी देश भारतमा जसरी कोरोना प्रभाव देखिएको छ त्यसरी नै हाम्रोमा पनि देखिएको छ, यसलाई रोक्न नसकिएला तर व्यवस्थापन गरी न्यूनीकरण गर्न सकिन्थ्यो। तर त्यो हुन सकेन। 

हामीले दोस्रो लहरमा पनि डेढ महिना निशेधाज्ञा लागू गर्‍यौँ, त्यसको प्रभावकारिता कति भयो, कति भएन भन्ने मूल्यांकन आफ्नो ढंगले भएको होला। निषेध आदेशका कारण संक्रमण दर केही कम त पक्कै भएको हो। तर निषेध आदेशको मात्रै योगदान होइन। केही अभ्यास पनि भए, छिमेकी देशमा पनि संक्रमण दर कम भयो, त्यसैले कम भएको हो। तर अब यतिले मात्र पुग्दैन। दोस्रो लहरमा अपेक्षा गरेअनुसार संक्रमण घट्न सकेको छैन। 

निषेध आदेश खुकुलो भएसँगै स्वाभाविक रूपमा चलायमान बढ्छ। निषेध आदेश खुला भएपछि एकअर्कासँग सम्पर्क बढ्ने भएकाले जोखिम बढी हुन्छ। अहिले पनि समुदायमा पहिचान नभएका धेरै संक्रमित छन्। संक्रमितको व्यवस्थापन हुन नसक्दा उनीहरु पनि चलायमान हुन सक्छन्, यो बारेमा निरीक्षण अनुगमन भएको छैन।

हामीले विगतमा गरेका निर्णयलाई अब पनि कार्यान्वायन गरेनौं भने झन् ठूलो क्षति व्यहोर्नुपर्छ। अर्को कुरा सरकारले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्नु मात्रै भनिरहेको छ। सरकार नागरिकका थाप्लामा दोष थोपरिरहेको छ। नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगरेर कोरोना बढेको भनिरहेको छ। तर त्यसो भनिरहँदा जनस्वास्थ्यका विधिलाई अभ्यास गर्ने वातावरण उपलब्ध गराएको छ भन्ने पनि प्रश्न उठ्छ। 

हामीले चाहिनेभन्दा बढी वेवास्ता र चाहिनेभन्दा कम मात्रामा नियन्त्रणका कार्य गरेर नै यो दोस्रो चरणमा बढी संक्रमण भयो। अब सरकारले यस्ता गल्ती गर्नै हुँदैन। सरकार आफू चुकेर जनतालाई दोष लगाउन मिल्दैन।

मानिसहरु सँधैभर घरभित्रै बसेर सम्भव पनि हुँदैन। उसलाई दैनिकी चालउनुपर्छ, सार्वजनिक यातायात प्रयोग गर्नुपर्छ र काममा जानैपर्छ। जनस्वास्थ्यका मापदण्ड पालना गर्नलाई पनि वातावरण चाहिन्छ। त्यो वातावरण बनाउने जिम्मा सरकारको हो। जस्तैः नागरिकले काम गर्ने स्थान वा अन्य सार्वजनिक स्थानमा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्ने वातावरण छ कि छैन? सार्वजनिक यातायातमा सामाजिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन सकिन्छ/सकिन्न? त्यतातर्फ ध्यान दिएको खै? त्यसको लागि मापदण्ड बनाएपनि लागू गराउनु पर्दैन? कागजमा लेखेर मात्रै हुँदैन। 

सार्वजनिक यातायातमा यात्रा गर्दा जनस्वास्थ्यको मापदण्ड पालना गराउन सकिन्छ? सम्भव छ? यो मुख्य सवाल हो। कमजोरी भए सुझाव दिने र लापरवाही गरे कारवाहीको दायरामा ल्याउने व्यवस्था सरकारले गर्नुपर्छ, जनतालाई मात्रै मापदण्ड पालना गर्न भनेर मात्र हुँदैन। यी प्रारम्भिक कुरा हुन्, सरकारले भिडभाडजन्य कार्यालयमा वा स्थानमा अनुगमन गर्नुपर्छ। 

संक्रमितको चाँडो पहिचान गर्नु पनि न्यूनीकरण गर्ने उपाय हो। जति चाँडो संक्रमितको पहिचान हुन्छ वा उनीहरुलाई सुरक्षित राख्न सकिन्छ त्यतिन बढी फैलावटलाई रोक्न सकिन्छ। संक्रमितको परीक्षण गर्ने र पहिचान गर्न सक्ने कुरा नागरिकले गर्ने कुरा होइन, सरकारको दायित्व हो। त्यसैले समयमै पहिचान र परीक्षण गरी आइसोलेट गर्नुपर्छ। साथै नागरिकले पनि आफ्नो जिम्मेवारीबोध गर्नुपर्छ। सरकारले यतिबेला 'परीक्षणका लागि मानिस आउनै छोडे' भनिरहेको छ तर यो बारेमा सरकारले खोजी गर्नुपर्छ। किन आउन छोडे? संक्रमण दर २० प्रतिशत भन्दा कम नभएको सन्दर्भमा संक्रमित कम छन्, परीक्षणको लागि आउन छोडे भनेर बस्ने बेला होइन। 'कन्ट्याक ट्रेसिङ' गर्नुपर्छ। 

आम मानिसहरु आफ्ठ्यारो नपरी परीक्षणका लागि जाँदैनन्, उनीहरु परीक्षण गर्न नजानुका अफ्ठ्यारालाई सरकारले कहाँ हेरेको छ? उनीहरु किन परीक्षणका लागि आएनन्? पत्ता लगाउन कन्ट्याक ट्रेसिङ गर्ने, संक्रमितको सम्पर्कमा आएकालाई निगरानी गर्ने, परीक्षणको लागि सहज व्यवस्था गर्नुपर्छ अनि मात्रै संक्रमण कम गर्न सकिन्छ। 

कोरोना रोकथामका विधिलाई हिजोको भन्दा तीव्र रुपमा गर्नुपर्छ। होइन भने दोस्रो लहरको भन्दा धेरै क्षति व्यहोर्नु पर्ने हुन सक्छ। अब जुन समयमा पनि अर्को लहर आउन सक्ने सम्भावनालाई ध्यान दिँदै रोकथामको तयारी गर्नुपर्छ। 

हामीले चाहिनेभन्दा बढी वेवास्ता र चाहिनेभन्दा कम मात्रामा नियन्त्रणका कार्य गरेर नै यो दोस्रो चरणमा बढी संक्रमण भयो। अब सरकारले यस्ता गल्ती गर्नै हुँदैन। सरकार आफू चुकेर जनतालाई दोष लगाउन मिल्दैन।

प्रकाशित: Jul 04, 2021| 14:41 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्