आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • निजी अस्पतालको प्रचारमा 'व्यस्त' मधेश प्रतिष्ठानका उपकुलपति, राजनीतिक शक्तिको आड

निजी अस्पतालको प्रचारमा 'व्यस्त' मधेश प्रतिष्ठानका उपकुलपति, राजनीतिक शक्तिको आड

उपकुलपति प्रा डा साहले आफ्नै फोटो छापीछापी किन निजी अस्पातलको विज्ञापन गरे त? नेपाल समयको खोजले उक्त अस्पतालको अधिकांश लगानी प्राडा साहकै भएको प्राप्त गरेको छ। 
 |  आइतबार, असार २०, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, असार २०, २०७८

vianetvianet

जनकपुरधाम- केही समयअघि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा राम केवल साहले फेसबुकमा जनकपुर ट्रमा हस्पिटलको विज्ञापन पोस्ट गरे। 'आवश्यक पर्नेहरूका लागि जनकपुरमा निशुल्क सेवा' भाव हुने गरी अंग्रेजी भाषामा लेखिएको उक्त पोस्टमा प्रा डा साहले नै स्वास्थ्य परामर्श दिने उल्लेख गरिएको छ। 

triton college

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले निशुल्क स्वास्थ्य सेवा प्रवाह गर्नु त राम्रो कुरा भयो। तर यसका लागि उनले कुनै पनि सरकारी संस्था नै रोज्न पनि सक्थे। प्रा डा साहले सरकारी स्वास्थ्य संस्था रोजेनन्। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो गरिमामय संस्थाको प्रतिष्ठामा समेत आँच आउने गरी जनकपुर ट्रमा हस्पिटलको प्रचारमा उनको पोस्टले धेरैलाई आश्चर्यमा पारेको छ।

उपकुलपति प्रा डा साहले आफ्नै फोटो छापीछापी किन निजी अस्पातलको विज्ञापन गरे त? नेपाल समयको खोजले उक्त अस्पतालको अधिकांश लगानी प्राडा साहकै भएको प्राप्त गरेको छ। 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारको प्रतिष्ठा बचाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेपनि उपकुलपति डाक्टर साह आफ्नो निजी अस्पतालको प्रचारप्रसारमै तल्लीन भएकाले प्रतिष्ठानले पनि राम्रो सँग काम गर्न सक्ने छनक नदिएको स्थानीय अगुवाहरूको विश्लेषण छ। सरकारले एक चिकित्सक एक अस्पताल नीति लिएको समयमा प्रतिष्ठानका उपकुलपति प्राडा साह निजी अस्पतालको प्रचारप्रसारमा व्यस्त भएकाले सरकारको नीतिलाई सरकारकै उच्च ओहोदामा बसेका कर्मचारी र पदाधिकारीको कर्मले भने गिज्याइरहेको उनीहरूको आरोप छ। 

प्रदेश २ को स्वास्थ्य क्षेत्र सुधारको जिम्मा प्रतिष्ठानकै हो। तर प्रतिष्ठानका कुलपतिको निजी अस्पताल मोह देखिएको भन्दै सरकारी केही कर्मचारीले आक्रोश व्यक्त गरेका छन्। 'सरकारको नीति कार्यान्वयन जिम्मा पाएका व्यक्ति निजीको प्रचारमा होडबाजीमा उत्रनु राम्रो कुरा होइन,' प्रदेश २ सामाजिक विकास मन्त्रालयका एक उच्च अधिकारीले भने, 'उपकुलपतिजीको मुख्यमन्त्रीसँग राम्रो सम्बन्ध छ। उहाँको खुलेर विरोध गर्न कर्मचारी सहज छैन। तर जुन काम भइरहेको छ, त्यसले समग्र रूपमा राम्रो सन्देश दिँदैन।'

National life insurance

प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले सरकारबाट स्वीकृति लिएर सञ्चालनमा ल्याइएका निजी स्वास्थ्य संस्थाका सञ्चालकले प्रचारप्रसार गर्न सक्ने भएपनि उपकुलपतिजस्तो गरिमामय पदमा बसेका व्यक्तिले यसरी निजी अस्पतालको प्रचारप्रसार गर्नु मर्यादा विपरीत भएको बताए। 'मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा जोड दिनुपर्नेमा उपकुलपति प्राडा रामकेवल साहले आफ्नो निजी अस्पतालको प्रचारप्रसार गर्नु विलकुलै अशोभनीय छ,’ उनले भने। 

'सरकारी सुविधा लिने चिकित्सकले निजी अस्पतालको प्रचारप्रसार गर्न नपाउने आचारसंहितामा उल्लेख भए पनि प्रतिष्ठानका उपकुलपतिले नै यस्तो क्रियाकलाप गर्नु नियमसंगत नरहेको' एक चिकित्सकले बताए। आफ्नो मुख्य जिम्मेवारी भन्दा पनि निजी अस्पतालको प्रचारमा तल्लीन भएको भन्दै प्रतिष्ठानका उच्च तहका कर्मचारीसमेत उपकुलपति साहसँग बेखुश छन्। 

यता उपकुलपति साहले आफूले निजी अस्पतालको प्रचार गर्न सक्ने जिकीर गरेका थिए। यसबारे उनले थप प्रतिक्रिया दिन भने चाहेनन्। उनीसँग प्रतिक्रिया लिएको केही मिनेट नबित्दै प्राडा साहले सामाजिक सञ्जालमा आफ्नै स्वामित्वको निजी अस्पतालको प्रचारात्मक पोस्ट डिलिट गरेका छन्।

प्रदेश २ सरकारले प्रदेशको स्वास्थ्य क्षेत्रमा कायापलट गर्ने हिसाबले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन गरी प्राडालाई उपकुलपतिको जिम्मेवारी दिइएको हो। तर प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह प्रतिष्ठानलाई सक्रिय बनाउनुको साटो निजि अस्पतालको प्रचार गर्न छोडेका छैनन्। 

कोरोना महामारीको समयमा प्रदेश सरकारले जनकपुरधामस्थित मुजेलियामा भर्खरै उद्घाटन गरेको कोभिड विशेष अस्पतालको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा पनि प्रतिष्ठानकै छ। यी विषयमा ध्यान पुर्याउनुपर्ने समयमा डाक्टर साह सञ्जालमा निजी अस्पतालको प्रचारबाजीमा व्यस्त छन्। प्रतिष्ठानमा गर्नुपर्ने काममा भने कुनै चासो नदिएको भन्दै प्रदेश सरकारका केही कर्मचारी भने उनीसँग रुष्ट छन्। 

उपेन्द्र यादव कनेक्सन
उपकुलपति प्राडा. साह विगत ४० वर्ष देखि चिकित्सा पेसामा छन्। धनुषा सवैलाका अमृत साइन्स क्याम्पसबाट आइएससी उत्तीर्ण गरेर मोरा युनिर्भसिटीबाट एमबीबीएस र अर्थोपेडिक्समा एमएस गरेका छन्। लिभरपुलबाट एमसिएच र बेलायतबाट एफआरसिएससम्मको अध्ययनको अनुभव उनीसँग छ। डा. साहले जनकपुरधाम अञ्चल अस्पताल (तत्कालीन समयको नाम), वीर अस्पताल, महाकाली अञ्चल अस्पताल हुँदै नेपाल मेडिकल कलेजमा उपचार सेवा र अध्यापनको काम गरिसकेका व्यक्ति हुन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको घनिष्ठताका कारण उनलाई प्रतिष्ठानको उपकुलपतिको जिम्मा दिइएको हो। उपेन्द्रसँग घनिष्ठ सम्बन्ध बन्नुअघि उनी डा. बाबुराम भट्टराईले गठन गरेकव नयाँ शक्ति पार्टीसँग नजिक थिए। पछि नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकीकरण भएपछि उपेन्द्र यादवसँग साहको घनिष्ठता बढेको थियो।

उपेन्द्र यादवसँगको घनिष्ठताकै कारण प्रदेश सरकारले कोरोना महामारीको समयमा उनलाई विज्ञ समूहको संयोजक बनाइएको थियो। यति मात्र होइन, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहसँगको उनले निकट सम्बन्ध बनाएका छन्। यही कारण उनलाई नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाइएको थियो। 

प्रकाशित: Jul 04, 2021| 09:38 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।