शुक्रबार, कात्तिक २८, २०८२

राजाको पक्षमा पल शाह, भन्छन्- विष्णु भगवान नै नभएपछि देश कसरी चल्छ?

सात केजीको मालासहित ‘रियल हिरो’को उपाधी थापेपछि अभिनेता पल शाह यतिवेला विवादमा तानिएका छन्।
 |  आइतबार, असार २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असार २०, २०७८

काठमाडौं- सात केजीको मालासहित ‘रियल हिरो’को उपाधी थापेपछि अभिनेता पल शाह यतिवेला विवादमा तानिएका छन्। ‘रजतपट’ तथा ‘ग्ल्यामर गफ’ कार्यक्रमका टिभी प्रस्तोता प्रकाश सुवेदीले उनलाई यो उपाधी दिएका हुन्। 

National life

उपाधी थापेपछि मख्ख भएका पलले हालै सुवेदीको कार्यक्रम ‘ग्लयामर गफ’मा गएर दिएको अभिव्यक्ति अहिले सोसियल मिडियामा भाइरल भइरहेको छ। कार्यक्रमको सुरुवाततिर प्रस्तोता सुवेदीले उनलाई सोध्छन्, ‘राजा आऊ देश बचाऊ कि फेरि पनि केपी बा आऊ देश चलाऊ?' जवाफ उनी सहजै दिन्छन्, ‘राजा आउ देश बचाऊ।’

त्यसपछि प्रस्तोता त्यसको कारण सोध्छन्। उनी स्पष्ट पार्दै भन्छन्, ‘घरमा एकजना गार्जियन (अभिभावक) भयो भने उसको बच्चाबच्ची डिसिप्लिनमा बस्न सक्छ। घरमा १० जना छ र १० जना नै गार्जियन हुन थाल्यो भने त्यहाँ भाँडभैलो, झैझगडा र हानाहान हुन्छ। कुनै पनि साथीभाइ सर्कलमा पनि त्यही हो। त्यसैले गार्जियन चाहिन्छ हामीलाई। गार्जियन पहिले पनि हुनुहुन्थ्यो। अहिले गार्जियन नभएर सबैले दुःख पाइरहेको छ।’

त्यतिमात्रै होइन, राजालाई भगवानसँग पनि तुलना गर्छन्। भन्छन्, ‘राजा आउ देश बचाऊ मैले किन पनि भनेको भने राजा भनेको विष्णु भगवान हो। अरुले मानुन् या नमानुन् हामीले बच्चैदेखि सिकेको कुरा यही हो। हाम्रो विष्णु भगवान हो, राजा भनेको। र, विष्णु भगवान नै नभएपछि देश कसरी चल्छ?’

पलको यो अभिव्यक्तिको क्लिप अहिले टिकटकदेखि फेसबुकसम्म भाइरल भइरहेको छ। यो तर्क सुनेर धेरैले उनको राजनीतिक चेत र बोद्धिकतामाथि प्रश्न उठाइरहेका छन् भने केहीले राजाकै पक्षमा समर्थन जनाएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 04, 2021| 06:56 आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्