शुक्रबार, भदौ ५, २०८३

राष्ट्रियसभामा दार्चुलादेखि सिन्धुपाल्चोकसम्मका कुरा

राष्ट्रियसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं– राष्ट्रियसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा सांसद उदया शर्मा पौड्यालले ट्याक्सीले मनोमानी भाडा असुल्ने गरेको भन्दै त्यसलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराइन्। मिटरमा भाडादर निर्धारण गर्नुपर्ने उनले बताइन्। 

सांसद कविता बोगटीले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले भारतीय पक्षकै पक्षपोषण गररेको भन्दै आम नेपालीलाई सशंकित बनाएको बताइन्। घटनाको छानबिन गर्न संसदीय समितिको गठन गर्न उनले माग गरिन्।

सांसद कोमल वलीले देशमा कलाकारहरुले ठूलो योगदान गर्ने भए दपनि कलाकारलाई अप्ठ्यारो परेको बेलामा सरकारले सहयोग नगर्ने गरेको दुखेसो गरिन्। हाल कलाकार पल्पसा डंगोल मिर्गौला रोगका कारण जीवन र मृत्युको दोसाँधमा रहेको भन्दै उनले उपचारमा सहयोग गर्न सरकारसँग माग गरिन्।

सांसद खिमकुमार विकले कोभिड १९ विरुद्धको खोपको आपूर्ति राम्रो भए पनि व्यवस्थापकीय पक्ष सुधार गर्नुपर्ने बताए। सांसद खिमलाल देवकोटाले खिमलाल देवकोटाले सिन्धुपाल्चोकको मेलम्ची बाढीबाट प्रभावितलाई व्यवस्थापन गर्न तीनै तहको सरकारलाई ध्यानाकर्षण गराए।

सांसद चक्रप्रसाद स्नेहीले सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोग खारेज गरेर गलत गरेको टिप्पणी गरे। सांसद जगप्रसाद शर्माले शैक्षिक क्षेत्रमा कार्यरत मजदुरहरुको जीवन निर्वाहमा समस्या परेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए।


प्रकाशित: Aug 04, 2021| 14:46 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...