सोमबार, असार २९, २०८३

सत्तापक्षकै सांसदले भने : सरकारमा दलालको बिगबिगी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- अछाम क्षेत्र नम्बर १ प्रदेश सभा २ का सांसद अक्कल रावलले सामाजिक सञ्जाल फेसबुकमै बजेटबारे असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्-'दलालको कति बिगबिगी रहेछ । बजेटका शिर्षक हेर्दा पो थाहा हुन्छ' उनले थप लेखेका छन् -'हामी बिचरा निरिह माननीय भएका छौ, बेइमानिको अगाडी स्वाभिमानी हार्ने देशका एक हुल हामी सांसदहरु ।'


प्रदेश ७ सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटप्रति प्रतिपक्ष सांसदहरुको भन्दा चर्को बिरोध सत्तापक्षकै सांसदहरुको छ ।

अर्थमन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट खन्याएको भन्दै सत्तापक्षका सांसदले बजेटप्रति असन्तुष्टि जनाएका हुन् । अछामकै क्षेत्र नम्बर-१ प्रदेशसभा-१ का नेकपाका सांसद हर्क कुँवरले बजेटमा अर्थमन्त्रीको क्षेत्रमा मात्र धेरै योजनाहरु समेटिएको भन्दै अरु सांसदले सिफारिश गरेका योजनाहरु बजेटममा नसमेटिएको बताए ।

उनले आफ्नो खल्तीका मानिसहरुको योजना रातो किताबमा पारेको तर अत्यावश्यक सांसदको सिफारिसमा आएका योजनाहरु नपारेको गुनासो गरे । कुवरले भने- 'मन्त्रीज्युले हामीलाई के सम्झनु भो ? आफ्नो निर्वाचन क्षेत्र बजेट केन्द्रित गर्नु भयो हाम्रोमा शुन्य ।'

सत्ता पक्षकै सांसद दुर्गा विकले भनिन्-'अर्थमन्त्री बोहरा सबै जनताका मन्त्री हुन् उनले आफ्नो निर्वाचन क्षेत्रलाई बढी प्राथमिकता दिएका छन् । अछाम भित्रकै अरु क्षेत्रलाई बजेटमा उपेक्षित गरिएको छ ।'

बजेट पारित भए पछि मात्रै रातो किताब सांसदलाई उपलब्ध गराउन खोजेका अर्थमन्त्री भने त्यसमा चुकेका छन् । सांसदहरुले बजेटको छलफल अगाबै रातो किताब उपलब्ध गराउन माग गरेपछि उनले बाध्य भएर रातो किताब उपलब्ध गराएको सांसदले विकले बताईन ।

असार ४ गते बजेट माथिको छलफल कार्यक्रममा सरकारको बचाउ गर्न खोजेका सांसदहरुले घुमाउरो तरिकाले संसदमा मन्त्रीलाई झटारो हानेका थिए । रातो किताब नपढेरै सोमबार संसदमा बोल्ने सत्तापक्षकै सांसदहरुले रातो किताब पढेपछि अथमन्त्रीलाई चौतर्फी दवाब दिई रहेका छन् । रातो किताब बैठक पश्चात अध्ययन गर्ने सत्तापक्षकै सांसदहरुले बैठक लम्व्याउन समेत दवाव दिएको श्रोतले जनाएको छ । सांसद विकले भनिन्-'अर्थमन्त्री ज्युले रातो किताब नसच्याए बजेट पारित हुन दिन्नौं । मन्त्रीलाई बजेट सच्चाउन हामीले आग्रह गरिरहेका छौं ।'    

प्रदेश-७ को सरकारले ल्याएको २५ वर्ष ६ करोड रुपैयाँ बराबरको बजेटमाथि सोमबारदेखि प्रदेशसभामा छलफल सुरु गरेको छ । असार १ गते सार्वजनिक गरिएको बजेटमाथिको छलफलमा भाग लिने प्रतिपक्षका प्रदेशसभा सदस्यले बजेटको कडा आलोचना गरेका छन् भने रातो किताब पढेपछि सत्तापक्षका सांसदले बजेटको चर्को विरोध आएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।