सोमबार, चैत २, २०८२

सहयोगका नाममा बलात्कार, आमा र सन्तानको बिचल्ली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१४ वर्षकी एक बालिकाको दैनिकी कस्तो होला ? हामी अनुमान गछौं, यो उमेरका बालबालिकाहरु पढाई लेखाईमा व्यस्त हुन्छन् । अनि उनीहरुका सुनौला दिनहरु साथिसंगती समक्ष आनन्दका साथ खेल्नु नै हो । तर, धेरै १४ वर्षे बालिकाहरुको दैनिकी यस्तो छैन ।

एउटा यस्तो दरर्दनाक पीडा लिएरकी बालिका छन् । उनको जीवनको कहानीले धेरैको आङ सिरिङ पार्छ । घटना हो : भारतको राजधानी दिल्लीभन्दा ६ सय ८० किलोमिटर दूरीमा रहेको उत्तर प्रदेशको बहराइच जिल्लाको ।

यहाँकी एक बालिका १४ वर्षको उमेरमा बलात्कारको सिकार बनिन् । उनी बलात्कृत भएको डेढ वर्ष पुग्दा पनि न्याय पाएकि छैनन । बरु बलात्कारबाटै गर्भवती बनेकी उनी आफ्नो सन्तानको रेखदेखमा दैनिकी गुजार्न बाध्य भएकी छन् ।

आमा गुमाएकी बालिका र उनका बुबा दुवै अनपढ हुन् । उनकी दिदीको जसोतसो बुबाले विवाह गरिदिएका थिए । गरिबीको रेखामुनीको यो परिवारलाई हातमुख जोर्नका साथै अब भविष्यमा हुने छोरीको विवाहले चिन्तामा धकेलेको थियो ।

यसैक्रममा छिमेकका ५५ वर्षका एक व्यक्तिसँग बालिकाका बुबाको भेट भयो । उनले लखनउमा गरिब किशोरीहरुको विवाहका लागि सरकारले पैसाको व्यवस्था गरिदिने कथा उनले सुनाए । यो सुचनाले हर्सित उनका बुबाले लखनउसम्म पठाउने पैसाको बन्दोबस्त गराएर तिनै ५५ वर्षे प्रौढको साथ लगाएर छोरीलाई पठाए ।

उनले भनेकोजस्तो सहयोग पाउनु त एकादेशको कुरा ६ महिनापछि सार्वजनिक घटनाले बाबु तथा छोरी दुवै छांगाबाट खसे । छोरीको जीउ विस्तारै बढ्दै गएपछि उपचारका लागि लैजाँदा उनको पेटमा ६ महिनाको गर्भ रहेको पुष्टि भयो ।

विवाहको लागि सहयोग गर्ने बाहनामा बालिकालाई लिएर गएका तिनै ५५ वर्षे व्यक्तिले लखनउ जाँदा, बस्दा र घर फर्कँदा बलात्कार गरेको बालिकाले बताइन । शुरुमा डरले केही नभनेको भन्दै उनले पेटमा बच्चा बसेको विषयमा गरिएको केरकारमा बच्चा बस्नुको कारण सुनाएकी थिइन् ।

त्यसपछि उनले जुन २०१६ मा बलात्कारको उजुरी दिए । यो उजुरीबाट प्रहरीले अनुसन्धान थालेपनि डीएनए परीक्षणको रिर्पोट नआएका कारण अझै पीडितले न्याय पाएकी छैनन् । हातमुख जोड्न धौधौ परिरहेको परिवारका लागि अहिले अर्को सन्तान पनि थपिएको छ ।

पीडित बालिका अहिले १६ वर्ष पुग्न लागिन तर, उनले पाउने आर्थिक सहयोग तथा न्याय पाउन सकेकी छैनन् । प्रहरीले पनि उजुरीका विषयमा अनुसन्धान गरेको र डीएनएको रिर्पोट आएपछि अभियुक्तलाई कारबाही गर्ने जनाएको छ । बीबीसी

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।