आइतबार, वैशाख २७, २०८३

१५ वर्ष सम्बन्धमा रहेर आमिर खान र किरण रावले गरे पारपाचुके

सन् २००५ मा विवाह बन्धनमा बाँधिएको यो जोडीबाट सन् २०११ मा छोरा आजाद जन्मिएका थिए। छोरालाई मिलेर हुर्काउने उनीहरूको भनाइ छ।
 |  शनिबार, असार १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १९, २०७८

मुम्बई- बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेद गरेका छन्। शनिबार दुवै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको वैवाहिक सम्बन्ध अन्त्य भएको जानकारी गराएका हुन्।

National life

१५ वर्षअघि उनीहरूको विवाह भएको थियो। दुवै जनाले सम्बन्ध अन्त्य गर्दै नयाँ अध्यायको सुरु भएको उल्लेख गरेका छन्। 

सन् २००५ मा विवाह बन्धनमा बाँधिएको यो जोडीबाट सन् २०११ मा छोरा आजाद जन्मिएका थिए। छोरालाई मिलेर हुर्काउने उनीहरूको भनाइ छ।

लगान फिल्मको क्रममा आमिर र किरणबीच भेट भएको थियो। फिल्ममा किरण सहनिर्देशक थिइन् भने आमिर अभिनेताको भूमिकामा थिए।

किरणसँग विवाह गर्नुअघि आमिरको विवाह रीना दत्तसँग भएको थियो। आमिर र रीनाका तर्फबाट ईरा र जुनाइद जन्मिएका थिए। 
 

प्रकाशित: Jul 03, 2021| 07:25 शनिबार, असार १९, २०७८
प्रतिक्रिया दिनुहोस्