आइतबार, वैशाख २७, २०८३

फिल्म निर्देशक तथा कलाकार विशारद बस्नेतको मृत्यु

फिल्म निर्देशक तथा कलाकार विशारद बस्नेतको मृत्यु भएको छ। केही समयअघि कोभिड १९ पोजेटिभ देखिएका उनको शुक्रबार मृत्यु भएको हो।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

National life

काठमाडौं- फिल्म निर्देशक तथा कलाकार विशारद बस्नेतको मृत्यु भएको छ। केही समयअघि कोभिड १९ पोजेटिभ देखिएका उनको शुक्रबार मृत्यु भएको हो।

३९ वर्षीय बस्नेतको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। केही महिना अघिमात्र बस्नेतका बुबा र हजुरआमाको पनि मृत्यु भएको थियो।

भारतमा जन्मिएर लामो समय उतै काम गरेका विशारदले दुई वटा नेपाली फिल्म निर्देशन गरेका छन्। उनले असिम शाहको निर्देशन रहेको ‘दुई रुपियाँ’ पनि अभिनय गरेका छन्। 
 

प्रकाशित: Jul 02, 2021| 15:42 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्