काठमाडौं- राष्ट्रिय जनता पार्टीको महाधिवेशन आगामी बैशाख ७ देखि ९ मा हुने भएको छ। बुधबार बसेको पार्टीको राजनीतिक समितिको बैठकले मिति तय गरेको समितिका सदस्य बृषेशचन्द्र लालले नेपाल समयलाई जानकारी दिए। उनका अनुसार महाधिवेश गर्ने स्थानबारे भने पछि निर्णय लिईने छ।
बैठकले पार्टीको विधान परिमार्जनका लागि लक्ष्मणलाल कर्णको संयोजकत्वमा एक समिति गठन गरेको छ। समितिका अन्य सदस्यहरुमा बृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला छन।
विधान परिमार्जनका लागि आएका सुझावलाई समेटेर आगामी असार २१ गतेको बैठकमा पेश गरिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४