सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोशीमा खस्यो स्काभेटर बोकेको ट्रक, २ जनाको मृत्यु, ७ घाइते

कोशीमा खस्यो स्काभेटर बोकेको ट्रक, २ जनाको मृत्यु, ७ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर

सुनसरी- हेटौंडाबाट विराटनर जाँदै गरेको ट्रक सप्तकोशीमा खस्दा दुर्इ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । 

स्काभेटर बोकेको ट्रक मंगलबार सप्तकोशीको दायाँ भागको ३२०/२१ नम्बर ढोकाबाट खस्दा दुर्इ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी चताराका ट्रक चालक विनोद बराइली र विराटनगर झुम्काका घनश्याम चौधरी छन् । 

घाइते सात जनामध्ये तीनजनाको अवस्था गम्भिर रहेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले बताएका छन् ।  गम्भिर घाइते तीनजनालार्इ थप उपचारका लागि विराटनगर लगिएको छ भने अन्य पाँच जनाको स्थानीय इनरुवा अस्पतालमा उपचार भइरहेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।