सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

काठमाडौं महानगरसँग यसकारण रुष्ट छन् रत्नपार्कमा चित्र कोर्ने कलाकार

मुरल बनाइसकेपछि कोभिडका कारण ज्यान गुमाएका आफन्तबाट उद्घाटन गरिएको थियो र कोभिडले मृत्यु हुन पुगेका आफन्तको नाममा दीप प्रज्वलन गरिएको थियो।
 |  बिहीबार, असार १७, २०७८
nespernesper

राज सरगम

राज सरगम

बिहीबार, असार १७, २०७८

काठमाडौं- सहरका सार्वजनिक भित्ताहरुमा जनचेतना तथा विज्ञापनका होर्डिङ बोर्ड झुन्डिएको यत्रतत्र देख्न सकिन्छ। कतैकतै भने सन्देशमूलक वा चेतनामूलक कलात्मक ‘आर्ट’ अथवा मुरल पनि देख्न पाइन्छ। यस्तै मुरल गएको जेठ अन्तिमतिर रत्नपार्कस्थित आकाशे पुलको भित्तामा देख्न पाइएको थियो।

triton college

‘वि विल राइज अगेन’ लेखिएको ब्यानरसँगै भित्ताको चित्रमा राष्ट्रिय झण्डा बोकेका तथा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार र पिपिई लगाएका शव व्यवस्थापकहरु देख्न सकिन्थ्यो। र, चित्रको दुवै किनारमा ‘टुगेदर वि क्यान र के टाउन’ लेखिएको थियो। 

कोरोना महामारीको समयमा सहरका अधिकांश मानिसहरु घरमा बसेको बेला बाहिर निस्केर काम गर्नेहरुको सम्मानका लागि यो चित्र बनाएको बताउँछन् चित्रका परिकल्पनाकार डुजाङ शेर्पा। ‘फ्रन्टलाइनमा काम गर्ने व्यक्तिको उच्च सम्मानका लागि कोरिएको चित्र थियो त्यो,’ शेर्पाले सुनाए, ‘के टाउन लेखेर हामीले यो चित्र काठमाडौंको हो भनी विश्वले चिनोस् भन्ने चाहेका थियौं।’

शेर्पाको नेतृत्वमा चार जना कलाकार र तीन जना स्वयंसेवकले ६ दिन लगाएर जेठ ३० मा निर्माण गरेका थिए उक्त चित्र। कोभिड–१९ महामारीका विरुद्ध आफ्नो ज्यानको जोखिम मोलेर खटिएका स्वयंसेवकको सम्मानका लागि चित्र बनाएको बताए अर्का कलाकार कलाकार राजेश महर्जनले। शेर्पाको नेतृत्वमा कलाकारहरु साङ्गे थिमे लामा, कृपा शेर्पा, सुम्निमा श्रेष्ठ र राजेश महर्जन थिए। 

Metro Mart
vianet

कलाकारले कोरेको चित्र मेट्दै महानगरका कर्मचारी

मुरल बनाइसकेपछि कोभिडका कारण ज्यान गुमाएका आफन्तबाट उद्घाटन गरिएको थियो र कोभिडले मृत्यु हुन पुगेका आफन्तको नाममा दीप प्रज्वलन गरिएको थियो। करिब एक लाख रुपैयाँ लगानी गरेर तयार पारेको चित्रबाट सकारात्मक सन्देश दिन चाहेको बताए उनै शेर्पाले। भने, ‘फ्रन्टलाइनमा काम गर्नेको मनोबल बढाउन पनि चित्र कोरेका थियौं।’

चित्र बनाउने क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले देखेका पनि थिए। शेर्पाको टोलीले उनलाई भित्तामा चित्र बनाउन वडा नम्बर २८ बाट लिएको अनुमतिपत्र देखाएका थिए। अधिकृत ज्ञवालीले त्यतिखेर ‘हुन्छ गर्नुस्’ भनेर अनुमति दिएको सम्झिन्छन् शेर्पा। त्यसपछि कलाकार टोली थप उत्साहित भएर चित्र बनाउन लागिपरेको थियो। 

तर, दुई सातापछि हिजो बुधबार महानगरपालिकाले नै चित्र एकाएक मेटाइदियो। ‘उहाँहरुलाई हाम्रो काम गलत लागेको थियो भने देखेकै दिन रोक्नुपर्थ्यो। त्यतिखेर चाहिँ केही नबोल्ने अनि अहिलेचाहिँ जानकारी नै नदिई मेट्दा साह्रै चित्त दुखेको छ,’ शेर्पाले भने। 

महानगरपालिकाले कलाको उपहास र अपमान गरेको बताउँछन् उनी। ‘कुनै पार्टीको प्रचार वा व्यावसायिक स्वार्थका लागि बनाइएको थिएन। कोभिड–१९ नियन्त्रणमा खटिएका मानिसको सम्मानका लागि बनाइएको थियो। महानगरपालिकाले नै गर्नुपर्ने काम हामीले गर्दा त अझ खुशी हुनुपर्ने। जनताको सेवामा खटिएहरुलाई प्रोत्साहन मिलोस् भनेर गरेका थियौं। महानगरपालिकाले हाम्रो काममाथि भद्दा मजाक गर्‍यो,’ कलाकार शेर्पाको गुनासो छ।  

चित्र बनाउन काठमाडौं महानगरपालिका–२८ का वडाअध्यक्ष भाइराम खड्गीले सिफारिस दिएका थिए। शेर्पाले भने, ‘कलाकारलाई सम्मान दिन जान्नुपर्थ्याे तर निरुत्साहित गर्ने काम भयो। कार्यपालिका बैठकमा नै कुरा उठाउँछु। महानगरपालिकाले माफी माग्नुपर्छ। यो विषयमा वडाध्यक्षहरुसँग सल्लाह पनि लिइरहेको छु। कानुनसम्मत् रुपमा अगाडि बढ्छु।’

बुधबार महानगर प्रहरीले मुरल मेटेपछि सर्वत्र आलोचना भइरहेको छ। महानगरपालिकाले आफू जोगिन अहिले लाखौं खर्च गरेर जनचेतनामूलक चित्र बनाउने कुरा गरेको बताए शेर्पाले। ‘सरकारले गर्ने काम हामीले निःशुल्क गर्दा पनि मन परेन। यो त सम्मानको विरुद्धजस्तो भयो।’

प्रकाशित: Jul 01, 2021| 15:12 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।