बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रणवीर र आलियाले विवाह गर्लान ?

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं- बलिउड अभिनेत्री आलिया भट्ट उनको सम्बन्धका कारण यतिबेला चर्चामा छिन् । बलिउडमा कलाकारहरुबीचको अफएरका विषय धेरै उठ्ने गरेपनि अभिनेता रणवीर कपुरले आलियासँगको रिलेशन सार्वजनिक गरेका छन् । उनले एक पत्रिकामा अन्र्तवार्ता दिँदै आलियासँगको सम्बन्धका बारेमा खुलासा गरेका थिए ।

फिल्म सन्जुको प्रमोशनका क्रममा पनि रणवीरले भनेका छन्, ‘म पुरै विवाहमा विश्वास गर्छु । मलाई बच्चा चाहिएको छ । श्रीमती चाहिएको छ । र म मेरो आफ्नो परिवार चाहन्छु । आशा गरौ मैले यो सबै पाउने छु ।’

रणबीरले पहिले २७ वर्षको उमेरमा विवाह गर्नेछु भनेर सोचेका थिए । उनले २९—३० वर्षमा त दुई बच्चाको बाउ हुने सोचेका थिए । उनी भन्छन्, ‘जीवन एकदम योजना बनाएअनुसार चल्दैन । यो त त्यसरी नै चल्छ जसरी तपाई र तपाईको साथीले निर्णय गर्नेछन् ।’

केही दिन पहिले आलियाले पनि रणबीरसँगको सम्बन्ध मित्रताभन्दा अगाडि बढेको बताएकी छन् ।  यतिमात्रै होइन कि, आलिया ३० वर्षको उमेरअघि नै विवाह गर्न चाहन्छिन् ।

८ मेमा भएको सोनम कपूरको विवाहको रिसेप्सनमा आलिया भट्ट र रणबीर एकैसाथ पुगेका थिए । यो अवसरमा आलिया हरियो लेहङ्गामा थिइन भने रणबीर सादा शेरवानीमा देखिएका थिए । दुबैको उपस्थितिले थाहा हुन्छ कि यिनीहरू रिलेशनशिपमा छन् ।

यो भन्दा पहिला रणबीर कपूरको अफेयर कैटरीना कैफसँग थियो । दुबै छ महिनासम्म लिविङ्ग टुगेदरमा रहेका पनि थिए । पछि यिनीहरूको ब्रेकअप भयो । फेरि केही दिनका लागि रणबीरको नाम पाकिस्तानी एक्ट्रस माहिरा खानको साथ जोडिएको थियो ।

खासमा दुबै जना न्युयोर्कमा एकैपटक क्वालिटी टाइम स्पेंड गर्दै गरेको देखिएका थिए । अर्को कुरा-आलिया र सिद्धार्थ मल्होत्रा पहिला डेट पनि गर्थे । जब कि अगस्त २०१७ मा दुबैको ब्रेकअप भयो । केही दिनअघि पहिला नेहा धूपियाको चैट शोमा ,सिद्धार्थले आफू सिंगल रहेको कबुल गरेका थिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्