हेटौंडा- भेलामा बोलिरहेका जिल्ला सभापतिहरू पार्टी नेतृत्वप्रति आक्रामक देखिएका छन् । इलामका सभापति हिमालय कर्माचार्यले पार्टी नेतृत्वले एकताको कुरा गरिरहँदा शीर्ष नेताहरूलाई नै बोल्न नदिनु विरोधाभाषपूर्ण शैली भएको बताए ।
सिंह, सिटौला र केसीलाई मात्र होइन, गोपालमान श्रेष्ठ र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि उद्घाटन सत्रमा बोल्न नदिनु दुर्भाग्यपूर्ण भएको उनले उल्लेख गरे ।
चितवनका सभापति जितनारायण श्रेष्ठले आफ्नो जिल्लाका कार्यकर्ताहरूलाई रुखमा भोट हाल्ने अवसर नै नदिइएको बताउँदै आक्रोस पोखे । स्थानीय तहको निर्वाचनमा हँसिया–हथौडा र संघीय संसद्को चुनामा हलोमा भोट दिन लगाइएको उनले बताए ।
दोलखा सभापति रुद्र खड्काले पार्टी एकतामा जोड दिए । उनी देउवा पक्षका नेता हुन् । जिल्ला सभापतिहरूले बोल्ने क्रम जारी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४