आइतबार, वैशाख २७, २०८३

अभिनेता नसिरुद्दिन शाहको स्वास्थ्यमा सुधार

मंगलबार अस्पताल भर्ना भएका बलिउड अभिनेता नसिरुद्दिन शाहको स्वास्थ्यमा सुधार देखिएको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

एजेन्सी- मंगलबार अस्पताल भर्ना भएका बलिउड अभिनेता नसिरुद्दिन शाहको स्वास्थ्यमा सुधार देखिएको छ। ७० वर्षीय शाहको फोक्सोमा निमोनिया देखिएपछि मंगलबार उनी मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएका थिए। 

National life

उनको स्वास्थ्यमा सुधार देखिएकाले शुक्रबारसम्म डिस्चार्ज हुने अस्पताललाई उधृत गर्दै नसिरुद्दिनका सेक्रेटेरी जयराजले भारतीय संचारमाध्यमसँग बताएका छन्।

नेश्नल स्कुल अफ ड्रामा (एनएसडी) र फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया(एफटीआईआई)मा पढेका अभिनेता शाह बलिउडका प्रतिभाशाली अभिनेताका रुपमा चिनिन्छन्।

‘निशान्त’ ‘जाने भि दो यारो’, ‘इजाजत’, ‘मासुम’ र ‘मिर्च मसाला’ उनको करियरकै सम्झनलायक फिल्म मानिन्छन्। त्यस्तै उनी अभिनित ‘मोहरा’, ‘सर्फरोस’, ‘इस्किया’, ‘द डर्टी पिक्चर’, ‘जिन्दगी नामिले दोबारा’ फिल्महरु व्यवसायिक रुपमा पनि सफल मानिन्छन्। 

४६ वर्षसम्म लगातार फिल्महरुमा काम गरेका शाह थिएटरमा उतिकै सक्रिय कलाकारका रुपमा चर्चित छन्। शाहले पछिल्लो समय ‘मि रक्सम’ र अमाजोन प्राइमको सिरिज ‘ब्यान्डिस ब्यान्डिट्स’मा अभिनय गरेका थिए।

प्रकाशित: Jul 01, 2021| 10:50 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्