आइतबार, भदौ ७, २०८३

राष्ट्रियसभा बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएकी छन्।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएकी छन्।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिले सम्बोधन गर्ने जानकारी दिएका हुन्। राष्ट्रपतिले सम्बोधन गर्ने मिति भने तय भएको छैन।

राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी छैनन्। 

कार्यव्यवस्था बैठकले बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गरेको छ। बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ।

अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ। बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ।

राष्ट्रियसभाको आठौं अधिवेशन आज बिहीबारदेखि सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ। 

प्रकाशित: Jul 01, 2021| 08:45 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।