काठमाडौँ- यसवर्षको एसइइ परीक्षाको नतिजा अझै ५-७ दिन नआउने भएको छ । प्रायः असारको पहिलो हप्ता नतिजा आउने गरेकोमा यसवर्ष दोस्रो हप्ता मात्रै नतिजा आउने भएको हो ।
नतिजा सार्वजनिकका लागि उत्तरपुस्तिका ‘इन्ट्री र रुजु’ गर्ने काम भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार अझै केहि आन्तरिक काम बाँकी रहेकोले नतिजा आउन छिटोमा ५ दिन ढिलोमा ७ दिन लाग्नेछ । आन्तिक काम सकिने वित्तिकै नतिजा आउने उनले बताए ।
परीक्षा नियन्त्रक रेग्मीले चाडै नतिजा प्रकाशन गर्ने तयारी गरेपनि केहि प्राविधिक कामले गर्दा ढिला भएको बताए । उनले नतिजा सार्वजनिक भइसकेको भन्ने हल्ला गलत भएको भन्दै त्यसको पछि नलाग्न पनि अपिल गरे ।
यसवर्षको एसइइ परीक्षामा साधारण तर्फ ४ लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् भने प्राविधिक तर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४