सोमबार, असार २९, २०८३

कांग्रेस युवा नेताको साझा माग : महाधिवेशन छिटो डाक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
हेटौंडा- कांग्रेसका आठ युवा नेताले महासमिति हुँदै महाधिवेशनको मार्गमा पार्टीलाई हिँडाउन जिल्ला सभापतिहरूलाई आव्हान गरेका छन् ।

महासमितिबाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया अविलम्ब शुरु गर्न उनीहरूले आव्हान गरेका छन् । युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले उक्त आव्हान गरेका हुन् ।

'कम्तिमा यही ०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरौं र २०७६ मा केन्द्रीय महाधिवेशन गरौं,' उनीहरूको पत्रमा उल्लेख छ, 'यसले हाम्रो संगठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउने छ र सशक्त प्रतिपक्षको भूमिका हुनेछ ।'

त्यसबाट आगामी स्थानीय निर्वाचनसम्ममा पार्टी तयारी अवस्थामा पुग्ने उनीहरूको भनाइ छ । र, हरेक स्थानीय, संघीय र प्रादेशिक निर्वाचन हुनु दुई वर्षअघि नै कांग्रेसका अधिवेशनहरू सम्पन्न भइसक्ने परिपाटी निरन्तर रहने उनीहरूले सम्झाएका छन् ।

'हामीलाई विश्वास छ सभापतिज्यूहरूको यस बैठकले यी विषयहरूमा छलफल गरी महासमितिबाट नयाँ सांगठनिक संरचनासहितको विधान पारित गर्ने कुरामा ठोस मार्गनिर्देशन गर्नेछ,' पत्रमा उल्लेख छ ।

अलमलिएको पार्टीलाई दिशानिर्देश गर्न, सैद्धान्तिक र सांगठनिक खाका कोर्न तत्काल महासमिति हुँदै महाधिवेशनको प्रक्रिया अगाडि बढाउन आवश्यक भएको उनीहरूले औंल्याएका छन् ।

'पार्टी पुनर्निर्माणको छलफल गर्दैगर्दा एउटा महत्वपूर्ण विषय कांग्रेसको अबको वैचारिक बाटोका सन्दर्भमा हो,' पत्रमा छ, 'कांग्रेसको सैद्धान्तिक र वैचारिक पुनव्र्याख्या आवश्यक छ ।'

महासमितिमार्फत् नयाँ परिवेशमा राष्ट्रियता, लोकतन्त्र र समाजवादका सन्दर्भमा सामयिक व्याख्या, आर्थिक सामाजिक नीति, छिमेकसँगको पार्टीको सम्बन्धलगायत विषयमा सैद्धान्तिक र वैचारिक दस्तावेज पारित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

कांग्रेस युवा नेताले लेखेको चिठ्ठी हेर्नुहोस्

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।