सोमबार, असार २९, २०८३

पूर्वमा ६ मिनेटमा दुई भुकम्प 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ताप्लेजुङ- पूर्वी नेपालमा ६ मिनेटको अन्तरमा दुईवटा भूकम्पको धक्का महसुस गरिएको छ । ताप्लेजुङको पूर्वी भागस्थित सिदिङ्वा गाउँपालिकाको सादेवा केन्द्र बनाएर ९ बजेर ५४ मिनेटमा र १० बजे भूकम्प गएको हो । 

९ बजेर ५४ मा ४ दशमलव ८ र १० बजे ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यो धक्का अघिल्ला भूकम्पहरूको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ । यसअघि गत गत बैशाख २२ गते बेलुका ८ बजेर २२ मिनेटमा ताप्लेजुङलाई नै केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।