सोमबार, असार २९, २०८३

चिनियाँ राष्ट्रपतिसँग भेट्दै प्रधानमन्‍त्री ओली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बेइजिङ- ६ दिने भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार (आज) भेटवार्ता हुँदैछ ।

ग्रेट हल अफ द पिपुलको पूर्वी हलमा दुई देशका प्रमुखबीच ४० मिनट  शिष्टाचार वार्ता हुने भएको हो। प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग गाेप्य वार्तासमेत गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतले जनाएको छ।

अघिल्लो भ्रमणका क्रममा ८ चैत ०७२ मा ओली र सीबीच राष्ट्रपति कार्यालय चोङनानहाइटमा एक घण्टा भेटवार्ता भएको थियो।
 
भेटका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको विषयमा छलफल हुनेछ भने चीनसँगको नाका सहज बनाउनेबारेमा पनि कुराकानी हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् । 

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्वपूर्ण सम्झौता हुने भएको भनिएको छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता गर्ने पनि तयारी भएको छ। 

प्रधानमन्त्री ओलीको कार्यतालिका

बुधबार बिहान शुरुमा प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा बेइजिङस्थित नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ। बिहान ९:४० बजे उनले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद् (सीसीपीआर्इटी)द्वारा आयोजित नेपाल-चीन बिजनेस फोरमलाई सम्बोधन गर्नेछन् ।

कार्यक्रममा नेपाल र चीनको निजी क्षेत्रबीच साझेदारी र सहकार्यका तीन परियोजना निर्माणसम्बन्धी हस्ताक्षर हुनेछ । त्यहाँबाट प्रधानमन्त्री ओलीले तियानमेन स्क्वायरको भ्रमण गर्ने कार्यक्रम छ।

साँझ ५ बजे प्रधानमन्त्रीले चाइना अन्तर्राष्ट्रिय टेलिभिजनलाई अन्तर्वार्ता दिनेछन् भने त्यसपछि एसियाली पूर्वाधार विकास बैंक (एआर्इआर्इबी)का अध्यक्ष जिन लिकुले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।