काठमडौं- विश्वकप फुटबल अन्तर्गत जारी समुह चरणको खेलमा सेनेगलले पोल्यान्डलाई पराजित गरेको छ । मंगलबार राती भएको खेलमा पोल्यान्डमाथि सेनेगलले २–१ गोलको जित निकालेको हो ।
पोल्यान्डले खेलको ३७ औं मिनेटमा आत्मघाति गोल गरेको थियो । पोल्यान्डका थिएगो सिओनेकले आत्मघाती गोल गरेका हुन् । सेनेगलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।
दोस्रो हाफमा सेनेगलले एक गोल गर्दा पोल्यान्डले पनि एक गोल फर्काउन सक्यो तर सेनेगललाई रोक्न भने सकेन । खेलको ६० औं मिनेटमा बेय निएङले गोल गर्दै सेनेगललाई २–० गोलको अग्रता दिलाएका थिए ।
खेलको ८६औं मिनेटमा पोल्यान्डले गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याएको थियो । जितसंगै सेनेगलले महत्वपूर्ण ३ अंक आफ्नो पोल्टामा पारेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४