सोमबार, असार २९, २०८३

आजका अखबारः संकल्प एकताको, प्रतिस्पर्धा गुटको

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रधानमन्त्रीको चीन भ्रमण र कांग्रेसको जिल्ला सभापति भेलामा उठेका विषयलाई मुख्य समाचार बनाएका छन् । 

६ दिने भ्रमणका लागि मंगलबार चीन गएका प्रधानमन्त्री केपी ओलीले आज चीनियाँ राष्ट्रपति सी चिनफिङसंग भटवार्ता गर्दैछन् । भेटका क्रममा महत्वपूर्ण सम्झौता हुनसक्ने र पुराना सम्झौता कार्यान्व्यनमा विषयमा छलफल हुने बताइएको छ । 

यसैविषयलाई आजको नागरिक दैनिकले 'प्रधानमन्त्री बेइजिङमाः सहकार्यमा ओलीका ६ सूत्र' शीर्षक दिएर खबर छापेको छ भने अन्नपूर्ण पोस्ट्ले 'ओली–सी भेटवार्ता आज' शीर्षक दिएर खबर लेखेको छ । यस्तै नयाँ पत्रिका, कान्तिपुर दैनिक, राजधानीलगायतका दैनिक अखबारहरुले पनि यो विषयलाई महत्वका साथ पहिलो पृष्ठमा छापेका छन् ।
 
यसैगरि आजका पत्रपत्रिकाहरुले नेपाली कांग्रेसको हेटौँडामा जारी जिल्ला सभापतिको भेलाको विषयलाई पनि प्राथमिकतामा पारेका छन् । पार्टीको हारका विषयमा समिक्षा गर्दै नयाँ रणनीति तय गर्न भन्दै काग्रेसल जिल्ला सभापतिहरुको भेला मंगलबारबाट सुरु गरेको हो । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै नयाँ पत्रिकाले 'कांग्रेस जिल्ला सभापतिको भेलाः संकल्प एकताको प्रतिस्पर्धा गुटको' शीर्षक दिएर छापेको छ । कान्तिपुर दैनिकले 'कांग्रेसमा तल्ला अधिवेशनको माग' शीर्षकमा खबर लेखेको छ । नागरिक दैनिकले भने 'चुनावमा कांग्रेस हारको जिम्मा हैसियतअनुसार' शीर्षकमा खबर छापेको छ । 

आजको नागरिक दैनिकले सर्वोच्च अदालतले दिएका आदेशहरु सरकारले कार्यान्व्यन नगर्ने गरेको सन्दर्भ उठाउदै 'सर्वोच्च अदालतलाई टेर्दैन सरकार' शीर्षकमा खबर लेखेको छ ।

अन्नपूर्णले प्रदेश र स्थानीय सरकारलाई दिइएको अनुदान फ्रिज भए संघिय सरकारको खातामा आउने व्यवस्था गरेर सरकारले प्रदेश र स्थानीय तहको अधिकारमा अंकुश लगाउन खोजेको विषयलाई पनि उठान गरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।