बिहीबार, असोज १५, २०८३

नागरिक लगानी कोषका बचतकर्तालाई थप १ प्रतिशत प्रतिफल

अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं- नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सञ्चित नाफाबाट थप १ प्रतिशत प्रतिफल दिएको छ। उक्त प्रतिफल रकम सम्बन्धित सहभागीको खातामा जम्मा गरिसकिएको कोषले जानकारी दिएको छ।

अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिएको हो। 

करिब १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई वितरण गरिएको कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए। यसबाट सहभागीहरुलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पुर्‍याउने विश्वास कोषले लिएको छ।  

कोषले यस कार्यक्रममा ब्याजदरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने नीति लिएको छ। कोषबाट सञ्चालित अन्य कार्यक्रममा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषको भनाइ छ। 

प्रकाशित: Jun 29, 2021| 09:57 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्