बिहीबार, असोज १५, २०८३

असार १५ : धान रोपाइँ गत वर्षभन्दा किन कम?

उच्च पहाडी क्षेत्रमा ३३ प्रतिशत, मध्यपहाडमा ३१ प्रतिशत र तराईमा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

काठमाडौं– मध्यअसारसम्म आइपुग्दा गत वर्षभन्दा झण्डै ८ प्रतिशत कम रोपाइँ भएको छ। कृषि विभागका अनुसार गत वर्ष मध्य असारको तुलनामा यस वर्ष ८ प्रतिशतले कम रोपाइँ भएको हो। सोमबारसम्म धान खेतीयोग्य क्षेत्रफलमध्ये ३ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।

कुल धानखेती योग्य क्षेत्रफल १३ लाख ७१ हजार हेक्टर छ। हालसम्म २७ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलले जानकारी दिए। गत वर्ष यही समयमा ४ लाख ८६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको थियो। यो रोपाइँ भएको क्षेत्रफल करिब ३५  प्रतिशत हो। यस वर्ष रोपाइँ सुरु हुने समयमा वर्षा सुरु हुँदा पनि गत वर्ष जस्तो रोपाइँ हुन सकेन। सूचना अधिकारी पौडेल बिउ उमार्ने बेलामा पानी नपरेका कारण रोपाइँ कम भएको हुन सक्ने बताउँछन्।

विभागका अनुसार उच्च पहाडी क्षेत्रमा ३३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यस्तै मध्यपहाडमा ३१ प्रतिशत र तराईमा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। बेर्ना बनाउने बेलामा पानी नहुँदा अलि ढिलाइ भए पनि समयमै रोपाइँ सकिने र धानको उत्पादन बढ्ने विश्वास विभागले लिएको छ।

सरकारले मध्यअसार अर्थात् १५ गतेलाई रोपाइँ दिवसका रुपमा मनाउँदै आएको छ। गत वर्ष र यस वर्षको कोरोना महामारीको जोखिम भएका कारण खासै औपचारिक कार्यक्रम नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: Jun 29, 2021| 07:56 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्