बिहीबार, असोज १५, २०८३

सुदूरपश्चिम : चामल आयातमा ३८ प्रतिशतले वृद्धि

हरेक वर्षझैँ यस वर्ष पनि स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले धान दिवसलाई भव्यताका साथ मनाइरहेका छन्।
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

धनगढी- हरेक वर्षझैँ यस वर्ष पनि स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले धान दिवसलाई भव्यताका साथ मनाइरहेका छन्।

सुदूरपश्चिम प्रदेश सरकार र विभिन्न स्थानीय तहहरूले भव्यताका साथ धान दिवस मनाउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष चामल आयातमा वृद्धि भइरहेको छ। 

चालु आर्थिक वर्षमा विगतको तुलनामा चामल आयात ह्वात्तै बढेको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष २०७६/०७७ को तुलनामा कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०७७/०७८ मा चामल आयात ३८ प्रतिशतले वद्धि भएको जनाइएको छ।

कैलाली भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म दुई करोड ७० लाख ५५ हजार ४९९ क्विण्टल चामल आयात भएको छ।

गत आर्थिक वर्ष २०७६/०७७ मा एक करोड तीन लाख ३५ हजार २७७ क्विण्टल र आर्थिक वर्ष २०७५/७६ मा दुई करोड ५१ लाख २० हजार ७८० क्विण्टल चामल आयात भएको थियो।

प्रकाशित: Jun 29, 2021| 04:49 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्