बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल

सो अवधिमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रहेको कोषले जनाएको छ। वृद्धावस्था सुरक्षा योजनामा सङ्कलित रकमको लगानीबाट आएको व्याजबाट योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल वितरण गर्ने सकिने अवस्था देखिएको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिने भएको छ। कोषले आर्थिक वर्ष २०७६/०७७ भित्र सूचीकृत योगदानकर्तालाई वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको सङ्कलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल योगदानकर्तालाई दिन लागेको हो।

सो अवधिमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रहेको कोषले जनाएको छ। वृद्धावस्था सुरक्षा योजनामा सङ्कलित रकमको लगानीबाट आएको व्याजबाट योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल वितरण गर्ने सकिने अवस्था देखिएको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए। 

कोषले प्रतिफल बराबरको रकम सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गर्ने जनाएको छ कोषले २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो। कोषमा हालसम्म १४ हजार ५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत छन् । कोषमा रु ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम सङ्कलन भएको छ। कोषले विभिन्न योजनाअन्तर्गत योगदानकर्तालाई रु ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख  दाबी भुक्तानी गरेको छ। 

प्रकाशित: Jun 28, 2021| 14:11 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्