बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कैलाली भन्सार कार्यालयले चालू वर्षमा उठायो लक्ष्यभन्दा बढी राजस्व

कैलाली भन्सार कार्यालयले चालू वर्षमा उठायो लक्ष्यभन्दा बढी राजस्व

गत वर्ष लक्ष्यभन्दा २६.५९ प्रशित कम राजस्व उठाएको कैलाली भन्सार कार्यालय धनगढीले चालू आर्थिक वर्ष समापन नहुदै लक्ष्यभन्दा २.६७ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

धनगढी- गत वर्ष लक्ष्यभन्दा २६.५९ प्रशित कम राजस्व उठाएको कैलाली भन्सार कार्यालय धनगढीले चालू आर्थिक वर्ष समापन नहुदै लक्ष्यभन्दा २.६७ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। 

कैलाली भन्सारले गत आर्थिक वर्ष २०७६/०७७ मा ६ अर्ब ७० करोड ३१ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ अर्ब ९२ लाख १० लाख ५ हजार रुपैयाँ मात्र संकलन गर्न सफल भएको थियो। जुन लक्ष्यभन्दा १ अर्ब ७८ करोड २१ लाख ६१ हजार कम हो।

भन्सार कार्यालयले गत आर्थिक वर्षको असार महिनामा मात्र लक्ष्यअनुसार राजश्व संकलन गर्न सफल भएको थियो। असार मसान्तमा भन्सारले लक्ष्यभन्दा ०.८० प्रतिशत बढी राजश्व संकलन गरेको थियो।

चालू आर्थिक वर्षको असार मसान्त नसकिँदै लक्ष्यभन्दा २.६७ प्रतिशत बढी राजस्व संकलन गरिसकेको छ। चालू आर्थिक वर्ष २०७७/०७८ मा ८ अर्ब २१ करोड ७३ लाख ७१ हजार लक्ष्य राखेकोमा असार १३ गतेसम्ममा ८ अर्ब ४३ करोड ६९ लाख ३८ हजार राजस्व संकलन गरेको छ। जुन लक्ष्यभन्दा २.६७ प्रतिशत बढी हो।

कैलाली भन्सारले चैत्र महिनासम्म लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएकोमा वैशाख र जेठ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको थियो। आर्थिक वर्ष ०७५/०७६ मा पनि भन्सारले लक्ष्य पूरा गरेको थियो।

५० प्रतिशत बढी पेट्रोलियम पदार्थ आयात हुँदै आएको कैलाली भन्सारबाट खाद्यान्न र तरकारीसमेत ठूलो मात्रामा भित्रिने गरेको भन्सार अधिकृत फणिन्द्र खतिवडाले बताए।

कोभिड–१९ को पहिलो र दोस्रो लहरका कारण भन्सार असुलीमा असर पुगेको खतिवडाले बताए।

प्रकाशित: Jun 28, 2021| 11:19 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्