काठमाडौं- प्रधानमन्त्री केपी ओली र उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ-उन एकै दिन चीन पुगेका छन् । यससँगै ओलीको ६ दिने औपचारिक बेइजिङ भ्रमण ऐतिहासिक हुने सम्भावना बढेको छ ।
प्रधानमन्त्री ओली बेइजिङतर्फ उडेकै समयमा उत्तरकोरियाली नेता किम पनि बेइजिङका लागि प्रस्थान गरेका छन् । तर, बेइजिङमा त्रिपक्षीय भेटको सम्भावनाबारे सरकारी अधिकारीहरूले केही बताएका छैनन् ।
उत्तरकोरियाली नेताको चीन भ्रमण तालिका दुर्इ दिनको छ । सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गरेको सातादिन नबित्दै उत्तरकोरियाली नेता किम बेइजिङ पुगेका हुन् । यो उत्तरकोरियाली नेताको गत मार्चयताको तेस्रो चीन भ्रमण हो । अमेरिकी राष्ट्रपति ट्रम्पसँग शिखरवार्ता तय हुनु अघि पनि उनी रेलमार्गबाट सुटुक्क बेइजिङ पुगेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४