सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुविधा लिन नेपाली बालबालिका भारतीय विद्यालयमा भर्ना 

सुविधा लिन नेपाली बालबालिका भारतीय विद्यालयमा भर्ना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश नम्बर दुईमा भारतसँग सीमा जोडिएका अधिकांस समुदायका बालबालिकाहरु सीमापारीका भारतीय विद्ययालयले दिने सुविधा लिन भर्ना हुने  क्रम बढेको छ ।

सदरमुकाम जनकपुरभन्दा करिब १२÷१३ किलोमिटर टाढा रहेको मुखियापट्टी मुसहरनीयाबाट भारतीय सीमा जोडिएको छ ।  नजिकै पर्ने भारतीय विद्यालयहरु निशुल्क पाठ्यपुस्त, पोसाक, खाना, खाजालगायतका सुविधा दिने भएकोले बालबालिकालाई भर्ना गराउने क्रम बढीरहेको छ ।
 
एक स्थानीय शिक्षकका अनुसार आर्थिक रुपले कमजोर तथा कम शिक्षित अभिभावकहरु आफ्ना बालबालिकाहरुको भर्ना भारतीय विद्यालयमा गराउने गरेका छन् । 
त्यसैगरी गाउँको सरकारी विद्यालयमा भर्ना गराएपनि कतिपय विद्यार्थी नीजि विद्यालयमा समेत पढ्दै आइरहेका छन् ।

मुखियापट्टी मुसहरनीयास्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र पाण्डेयले विद्यालयमा भर्ना भएपनि कतिपय नीजि र सीमापारीको विद्यालयमा समेत भर्ना गराएको जानकारी पाएको बताए । नीजि र सीमापारीका विद्यालयमा भर्ना भएपछि पाठ्य सामग्री वितरणमा समेत आफूहरुलाई समस्या आउने गरेको उनको भनाई छ ।

सरकारी विद्यालयबाट प्राप्त सेवा सुविधा लिन मात्र कतिपय भर्ना गरेको पाण्डेयले बताए । सरकारी विद्यालयबाट निःशुल्क पुस्तक र छात्रवृत्ति लिने तर विद्यालय नपुग्ने विद्यार्थीहरुको संख्या सीमा नजिकका गाउँमा धेरै रहेको  पाण्डेयले जानकारी दिए ।

भारतमा सरकारले चलाएको साक्षर अभियान सफल पार्न भारतले यस्तो नीति बनाएको छ । भारतीय नागरिकहरुको लागि भारत सरकारले यो सुविधा दिँदै आएको छ । तर, ती सुविधा लिन सीमावारीबाट नेपाली विद्यार्थीहररु समेत पुग्छन। अभिभावकरु पढाई भन्दा पनि निःशुल्क सेवा सुविधा लिन बालबालिकालाई पारीका विद्यालयहरुमा भर्ना गर्ने गरेको मुखियापट्टीस्थित विद्यालयको शिक्षकहरुको बुझाई छ ।

गाउँको विद्यालयमा भर्ना गराउने तर विद्यालय नआउने बालबालिकाहरुलाई पाठ्यपुस्तक उपलब्ध नगराएपछि अभिभावकहरु झगडा गरेर तनाव दिने गरेको विद्यालयका एक शिक्षकले बताए ।

सरकारी विद्यालयहरुमा विद्यार्थी टिकाउन विभिन्न सेवा सुविधा उपलब्ध रहेपनि पढाईको अवस्था राम्रो नभएकै कारण गाउँघरमा पनि अवैध नीजि विद्यालय फस्टाउँदै गएका छन् । सरोकारवाला निकायले अवैध तरिकाले सञ्चालित नीजि विद्यालयहरुमा कारबाही पनि गर्न सकेको छैन भने सेवासुविधाकै लोभमा सीमापारीका विद्यालयहरुमा भर्ना हुने विद्यार्थीलाई रोक्न सकेको छ ।

सेवा सरकारी विद्यालयबाट लिने तर पढाई नीजि विद्यालयमा गर्ने परिपाटी धनुषामा व्यापक रुपमा बढेको समाजिक विकास मन्त्रालयका उपसचिव दानीकान्त झा बताउँछन् । भर्ना सरकारीमा लिएका तर पढाई नीजि वा मदरसमा गर्दै आइरहेका विद्यार्थीको संख्या धनुषामा करिब ५ प्रतिशत रहेको तथ्यांक छ । अभिभावकहरु सरकारी विद्यालयलाई लाभ लिने स्थलको रुपमा मात्र प्रयोग गरेकाले यस्तो अवस्था आएको झाको भनाई छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।