ललितपुर- ललितपुरको पाटन अस्पतालमा डाक्टरको लापरिबाहीले बच्चाको ज्यान गएको भन्दै आक्रोशित आफन्तले अस्पताल तोडफोड तथा आगजनिको प्रयास गर्न थालेपछि सुरक्षाका लागि काठमाडौंबाट प्रहरी थप गरिएको छ ।
ललितपुरस्थित छम्पी– १२ का १७ बर्षिय कृष्टल मगरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड तथा आगजनीको प्रयास गरेको ललितपुर प्रहरीले जनाएको छ ।
एपेन्डीसाइट्सको समस्याले भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित समुहले तोडफोड तथा आगजनिको प्रयास गरेपछि नियन्त्रणमा लिन काठमाण्डौंबाट समेत मगाइएको बताइएको छ ।
अस्पताल परिसर अहिले तनावग्रस्त छ । प्रहरीले आक्रोशित भिडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४