सोमबार, असार २९, २०८३

डा देवकोटाको अन्त्यष्टीमा सशस्त्रले सलामी दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई राजकिय सम्मानका साथ आज अन्त्यष्टी गरिने भएको छ । उनको अन्त्येष्टिमा सशस्त्र प्रहरीको टुकडीले आर्यघाटमा सलामी दिने भएको छ ।

पूर्व विशिष्ठ व्यक्तिहरुको अन्त्येष्टिमा प्रदान गरिने सम्मान निर्देशिकाअनुसार पूर्वमन्त्रीका हैसियतमा डाक्टर देवकोटालाई सम्मान दिन लागिएको हो । उनी पूर्वस्वास्थ्यमन्त्री पनि हुन् । सोमबार निधन भएका डा देवकोटाको सरकारी सम्मानका साथ अन्त्यष्टी गर्ने निर्णय सरकारले गरेको थियो । 

उनको पार्थीव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । श्रद्धाञ्जली दिन विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वदेखि सहकर्मी र शुभचिन्तकहरूको भीड लागेको छ ।

उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीदेखि प्रधान सेनापतिसम्मले देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । देवकोटालाई श्रद्धाञ्जली दिँदै गर्दा उनका  सहपाठीसमेत रहेका पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई भावुक बनेका थिए ।

देश ३ का मुख्यमन्त्री अनुराधा कोइरालाले आशु झार्दै डा. देवकोटाबाट अनुशासन सिक्नु पर्ने बताइन् । 

श्रद्धाञ्जलीपछि मंगलबार नै डा देवकोटाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । देवकोटाको अन्तिम संस्कार विद्युतीय मेसिनबाट गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको काजक्रिया ७ दिनमै सक्ने पनि परिवारले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।