सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रकट भयो ओली-नेपाल प्रेम, नेपाललाई विमानस्थलमै ओलीको 'सरप्राइज'

प्रकट भयो ओली-नेपाल प्रेम, नेपाललाई विमानस्थलमै ओलीको 'सरप्राइज'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अहिलेको पुस्ताले १४ फेब्रुअरीलाई प्रणय दिवस मान्छ। त्यस दिन प्रेम प्रस्ताव राख्ने र डेटिङ गर्ने फेसन नै चलेको छ । तर, राजनीतिमा कुनै भ्यालेन्टाइन दिवस हुँदैन। यसको पछिल्लो उदाहरण हो, नेकपाको एकीकरण र त्यसभित्रको समीकरण।

अंग्रेजी तारिखअनुसार मंगलबार १९ जुन हो। यो 'भ्यालेन्टाइन डे' होइन। तर, नेकपाको राजनीतिक इतिहासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ जुनमा नेकपाका अध्यक्ष केपी ओली र सचिवालय सदस्य माधवकुमार नेपालबीचको प्रणय प्रकट भयो। 

अहिले नेकपामा दुई अध्यक्ष छन्। एउटा अध्यक्ष बाहिर गए अर्कोले जिम्मेवारी सम्हाल्ने गरी दुई अध्यक्षको व्यवस्था गरिएको हो। तर, संयोग यस्तो भयो कि नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीताको उपचारका लागि सिंगापुर पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार ६ दिने राजकीय भ्रमणका लागि चीन  प्रस्थान गरेका छन्। 

केही समय अघिदेखि नै नेपाल र ओलीबीच भित्रभित्रै 'लभ अफेयर' चलेको राजनीति बजारमा हल्ला थियो। जब ओलीलाई बिदाइ गर्न नेपाल विमानस्थलमा पुगे, प्रेम पनि प्रकट भयो दुई नेताको। 

नेकपाबारे सामान्य जानकारी राख्नेहरू भन्छन्, यो प्रयोजनका लागि नेपाल-ओली कहिल्यै यसरी भेट भएका थिएनन्। मंगलबार भने ओलीलाई बिदाइ गर्न नेपाल विमानस्थल पुगे । त्यसक्रममा ओलीले नेपालाई एउटा सप्र्राइज दिए। 

महासचिव विष्णु पौडेलले पार्टी कार्यालयमा टाइप गरेर बोकेको एउटा पत्रमा हस्ताक्षर गरे र नेपालको जिम्मा लगाए । त्यसमा लेखिएको थियो, तपाईंलाई पार्टीको कार्यवाहक अध्यक्ष तोकिएको छ। 

नेपालका लागि त्यो अप्रत्यासित थिएन । किनभने, नेकपा गठन भएपछि वरियता क्रममा उनी तेस्रा नेता हुन्। तर, उनका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी भने विलकुल नौलो थियो।  

तत्कालीन एमालेमा नेपाल तेस्रो वरियतामा भए पनि चौथोमा रहेका उपाध्यक्ष वामदेव गौतमले पाउने गरेका थिए। यसपटक भने नेपालले कार्यवाहक मात्र पाएनन्, ओलीसँग उनको राजनीतिक यात्रा शुरु गरेको सन्देशसमेत दिन भ्याए। 

ओलीले त्यसबाहेक दुई पत्रमा हस्ताक्षर गरे। संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बोकेको पत्रमा हस्ताक्षर गरे र सुवास नेम्वााङलाई कार्यवाहक  दलको नेताको पत्र थमाए। त्यसैगरी उनले रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको पत्र थमाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।