सोमबार, असार २९, २०८३

हेटौँडामा सुरु हुँदै कांग्रेस जिल्ला सभापति भेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेस जिल्ला सभापतिहरूको भेला मंगलबारदेखि हेटौँडामा सुरु हुँदै छ । निर्वाचनमा पार्टीको हारबारे समीक्षा गर्न जिल्ला सभापतिहरूको भेला डाकिएको हो ।

गत वैशाखमा कांग्रेस केन्द्रीय समितिको बैठकले जिल्ला सभापति भेला र महासमिति बैठक गर्ने निर्णय गरे अनुसार हेटौडामा भेला हुन लागेको हो । तीन दिने जिल्ला सभापति बिहीबार सकिनेछ ।

भेलामा जिल्ला सभापतिहरूले निर्वाचनमा पराजय भोग्नुको कारण, तल्ला तहका कार्यकर्ताको सुझाब र गुनासो, पार्टीको विधान संशोधनबारे धारणा राख्नेछन् । ७ असारसम्म चल्ने भेलामा केन्द्रीय कार्यसमितिका सदस्य, ७७ जिल्लाका सभापति सहभागी हुँदै छन् ।

केन्द्रीय समिति बैठकले निर्वाचनमा हारको वास्तविक कारण खोतल्न र पार्टीलाई थप प्रभावकारी बनाएर अघि बढ्ने बाटो पहिल्याउन नसकेपछि थप सुझाबका लागि जिल्ला सभापतिहरूको भेला आह्वान गरेको थियो । आगामी भदौमा महासमिति बैठक पनि बोलाइएको छ ।

कांग्रेस भित्र तीव्र गुटवन्दी मौलाइरहेको सन्दर्भमा नेतृत्वले जिल्ला सभापति भेलामार्फत् पार्टी भित्र आन्तरिक एकताको समेत सन्देश दिने प्रयास गर्ने बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।