बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनर्कर्जाको सुविधा

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनर्कर्जाको सुविधा

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ।
 |  शुक्रबार, असार ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ११, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुन:कर्जा उपलब्ध गराउने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो।

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ।

कूल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुन:कर्जा प्रदान गरिनेछ। अध्ययन समितिले १० मेगावाट भन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो । कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ।

केन्द्रीय बैंकले प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, ५ करोडसम्मका विशेष र साधारण पुनर्कर्जा उपलब्ध लगराएको छ। उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ठ रुपमा प्रदान गरिन्छ। -रासस

प्रकाशित: Jun 25, 2021| 17:06 शुक्रबार, असार ११, २०७८
प्रतिक्रिया दिनुहोस्