काठमाडौं– टोक्यो ओलम्पिक २०२० मा सहभागी बन्ने खेलाडी, प्रशिक्षक र अफिसियललाई जर्सीलगायत ड्रेस प्रदान गर्ने भएको छ।
आज सातदोबाटोस्थित ओलम्पिक कमिटी (एनओसी) मा भएको सम्झौतामा एनओसी र कामरुबीच सम्झौता भएको हो।
सम्झौतामा एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले केल्मीसँगको सहकार्य सुरु भएको बताए। यता कामरुका निर्देशक प्रदिप न्यौपानेले ओलम्पिक खेलाडीलाई जर्सी स्पोन्सर गर्न पाउनु सुखद कुरा रहेको बताएका छन्।
यसक्रममा एनओसीका मार्केटिङ र स्पोन्सरसिप कमिटिका कोअर्डिनेटरले खेल क्षेत्रमा स्पोन्सर कम रहेको भन्दै खेलकुदको विकासका लागि अझै धेरै स्पोन्सर खोज्नु पर्ने बताएका छन्।