आइतबार, जेठ ३, २०८३

विदेशी शिक्षण संस्थामा पठाउने शुल्कमा थप ५ प्रतिशत कर नलाग्ने

आन्तरिक राजस्व विभागले विदेशी शिक्षण संस्थामा अध्ययन गर्न जाने विद्यार्थीले बुझाउने शिक्षा सेवा शुल्कमा थप पाँच प्रतिशत कर नलाग्ने जनाएको छ।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं– आन्तरिक राजस्व विभागले विदेशी शिक्षण संस्थामा अध्ययन गर्न जाने विद्यार्थीले बुझाउने शिक्षा सेवा शुल्कमा थप पाँच प्रतिशत कर नलाग्ने जनाएको छ।

National life

आर्थिक वर्ष २०७८–०७९ बाट नेपाली विद्यार्थीलाई विदेशी शिक्षण संस्थामा पठाउने शिक्षण शुल्कमा थप ५ प्रतिशत अग्रिम कर कट्टि लाग्ने व्यवस्था नभई नेपालमा अवस्थित विदेशी सम्वन्धनमा पढ्ने विद्यार्थीले रकम विदेश पठाउँदा मात्र कर लाग्ने जनाएको हो।

आन्तरिक राजस्व विभागले शुल्क तथा परीक्षा शुल्कबापतको रकम भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्ने भन्ने व्यवस्था थप गरिएको जनाएको छ। विभागको केही बैंकहरुबाट आर्थिक अध्यादेश,२०७८ को दफा ८ मा उल्लेख भए बमोजिम २ प्रतिशत शिक्षा सेवा शुल्क र ५ प्रतिशत अग्रिम माग गरेको भन्ने गुनासो आएको र बैंकहरुबाट पनि सो विषयमा मौखिर रुपमा सोधनी गरिरहेको हुँदा यस विषयमा देहाय बमोजिम स्पष्ट गरिएको उल्लेख छ।

नेपाल शैक्षिक परामर्श व्यवसायी संघ ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले २०७८ साउन १ गतेबाट कसैले रकम पठाउँदा ५ प्रतिशत शिक्षा सेवा शुल्क तिरेको भए सम्बन्धित बैंकमा सम्पर्क गरी फिर्ता लिन परामर्श व्यवसायीलाई सुझाव दिएका छन्। 

आर्थिक अध्यादेश, २०७८ को दफा ८ बमोजिम विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क बापत गत वर्षझैं विदेशी मुद्राको सटही सुविधा दिँदा त्यस्तो सटही रकममा दुई प्रतिशत शिक्षा सेवा शुल्क भने लाग्ने जनाएको छ ।

प्रकाशित: Aug 04, 2021| 13:28 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्