काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १६.९६ अंकले ओरालो लागेर २८८३ अंकमा अडिएको छ।
यो साता ४ कारोबार दिन बजार ओरालो लाग्यो भने मंगलबार एकैदिन करिब ८० अंकले बजार उकालो लागेको थियो। तर बुधबार र बिहीबार गरी झन्डै ९० अंकले बजार ओरालो लागेको छ। बिहीबार २१९ कम्पनीको ७ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यसदिन सबैभन्दा बढी अपर तामाकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको छ। सो कम्पनीको सेयरमूल्य ९.८८ अर्थात् ६७ अंकले उकालो लागेको छ। त्यस्तै घटेको बजारमा पनि ६७ वटा कम्पनीको मूल्य बढेको छ भने १४७ कम्पनीको मूल्यमा गिरावट आएको छ। ९ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
यसदिन पुनर्बिमा कम्पनीको ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। जलविद्युत् र पर्यटन बाहेक सम्पूर्ण समूहगत परिसूचक ओरालो लागेको छ।