बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पोखरा महानगरले ल्यायो ६ अर्ब २७ अर्बको बजेट, प्राथमिकतामा कोरोना नियन्त्रण

पोखरा महानगरले ल्यायो ६ अर्ब २७ अर्बको बजेट, प्राथमिकतामा कोरोना नियन्त्रण

उपमेयर मञ्जु गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको बताइन्। पुँजीगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

पोखरा- पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ। बिहीबार नगरसभामा बजेट प्रस्तुत गरिएको हो।

उपमेयर मञ्जु गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको बताइन्। पुँजीगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको लागि महानगरले बजेटमा कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेको छ। यस्तै महानगरका प्रशासनिक भवनहरुको निर्माण र महानगरभित्रका सडकहरुलाई पनि प्राथमिकतामा राखिएको छ।  चालु आवका लागि ५ अर्ब ७२ करोडको बजेट ल्याइएको थियो।

प्रकाशित: Jun 24, 2021| 09:32 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्