ललितपुर- आगामी आर्थिक वर्ष २०७८/०७९का लागि ललितपुर महानगरपालिकाले ५ अर्ब ५५ करोड रुपैयाँको बजेट सार्वजनक गरेको छ। महानगरपालिकाले बिहीबार नगरसभामा उक्त बजेट पेस गरेको हो।
नगरसभामा बजेट पेस भएपनि नेकपा माओवादी र नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि नगरसभामा उपस्थित भएनन्। ललितपुरमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित जनप्रनिधि हुन्।
नगरसभा सुरु गरेर स्थानीय तहले बजेट प्रस्तुत गरेपनि विपक्षीको अनुपस्थिति भएकाले पारित हुनेमा आसंश गरिएको छ। ९२ सदस्ययीय नगरसभामा ६६ जना विपक्षीले नरगसभा बहिष्कार गर्ने निर्णय यसअघि नै गरिसकेका थिए।
उपमेयर गीता सत्यालले विपक्षीहरू उपस्थिति नभएपनि नगरसभामा बजेट पेस गरिसकेको बताइन्।