सोमबार, असार २९, २०८३

रहेनन् डा उपेन्द्र देवकोटा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ न्यूरो सर्जन देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । 

उनी पित्त थैलीको क्यान्सरबाट पिडित थिए । देवकोटा आफ्नै पहलमा स्थापना भएको बाँसबारीस्थित न्युरो अस्पताल  उपचार गराउँदै आएका थिए । सहकर्मी चिकित्सकहरूले उनलाई यो धर्तीमा रहने अवधि कम रहेको बताइरहँदा उनी त्यसलाई ठाडै चुनौती दिइरहेका थिए । त्यही चुनौतीका साथ उनी अघिल्लव शुक्रबार गोर्खास्थित आफ्नै गाउँको पानी पिँढी बसेर पिउने इच्छा गरेपछि उनलार्इ हेलिकप्टरमा गोर्खा लगिएको थियो । 

एसियाकै चर्चित न्युरोसर्जन, जो एक्लैले आफ्नो करिअरको ३० वर्षको अवधिमा १८ हजारजनाको शल्यक्रिया गरिसकेका छन्, १० लाख बिरामीलाई जाँचिसकेका छन्, कैयौंलाई जीवन दिए ।

गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई, सधै अब्बल विद्यार्थीको रुपमा रहेका थिए । 

वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी केही वर्षदेखि बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत् बिरामीको सेवा गर्दै आएका थिए । ७ महिना स्वास्थ्यमन्त्री हुँदा उनले थुप्रै उदाहरीय  काम गरेका थिए ।

 
यो पनि पढ्नुहोस्, 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।