सोमबार, असार २९, २०८३

आइएमईको विश्वकप उत्सव योजना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आइएमर्ई पे अन्तर्गत विश्वकप उत्सव २०१८ योजना ल्याएको छ । यस योजनामा ग्राहकहरुले आइएमई फेसबुक र आइएमर्ई एपबाट सहभागी हुन सक्नेछन् । विदेशमा रहेका नेपालीहरूले पनि यसमा भाग लिन सक्नेछन् । १४ जुनदेखि शुरु भएको यो योजना १५ जुलाईसम्म सञ्चालन हुनेछ । 

सहभागी हुनको लागि वेभ पेजमा गएर एप लग–इन गरी १ हजार प्वाइन्ट लिन सकिनेछ । हरेक दिन खेलको एक वा आधा घण्टा अघि  अनुमान गर्नु पर्नेछ । अनुमान गलत भएमा प्वाइन्ट हट्दै जानेछ । 

यसरी जसको प्वाइन्ट सबैभन्दा बढी र सही हुन्छ उही नै विजेता घोषित हुनेछ । तर, अंक बराबर भएमा उनीहरू मध्ये एक जनालाई गोला प्रथामार्फत विजेता छानिनेछ । विजेतालाई ‘खेलौँ रमाऔँ बैँकक जाऔँ’ अन्र्तगत ४ रात ५ दिनको बैंङकक भ्रमण अवसर हुनेछ ।  यो खेल फेसबुकमार्फत पनि सहभागी हुनसक्नेछन् ।

साथै, सहभागीले सम्पूर्ण विवरण सही दिनु पर्ने हुन्छ । यदि विवरण अनुरूप विजयी सहभागीको विवरण सही नभए त्यसलाई रद्द गरी अर्कोलाई विजयी गराइनेछ । विदेशमा रहेका नेपाली विजेता भएमा उनीहरूले ईच्छ्याएको नेपालमा रहेका आफन्तलाई दिन सक्नेछन् ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।