बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिमा समितिविरुद्ध अख्तियारमा उजुरी, आर्थिक चलखेल गरी हिमालयनलाई लाइसेन्स दिएको आरोप

बिमा समितिविरुद्ध अख्तियारमा उजुरी, आर्थिक चलखेल गरी हिमालयनलाई लाइसेन्स दिएको आरोप

अख्तियारमा दर्ता भएको उजुरीमा हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बिमा व्यवसाय चलाउन अनुमति दिँदा गोप्य रुपमा अध्ययन गरिएको र सो अध्ययन गोप्य राखिएको, छोटो समय दिएर आवेदन माग गएिको र त्यसको मूल्यांकन पारदर्शी नभएकाले आर्थिक चलखेल भएको दाबी गरिएको छ। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- बिमा बजारको नियामक निकाय बिमा समितिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। समितिले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई पुनर्बिमा व्यवसाय सञ्चालन गर्न लाइसेन्स दिँदा आर्थिक चलखेल गरेको भन्दै अख्तियारमा उजुरी परेको हो। 

अख्तियारमा दर्ता भएको उजुरीमा हिमालयन रिइन्स्योरेन्सलाई पुनर्बिमा व्यवसाय चलाउन अनुमति दिँदा गोप्य रुपमा अध्ययन गरिएको र सो अध्ययन गोप्य राखिएको, छोटो समय दिएर आवेदन माग गएिको र त्यसको मूल्यांकन पारदर्शी नभएकाले आर्थिक चलखेल भएको दाबी गरिएको छ। 

लाइसेन्स प्रक्रियामा बिमा समिति अध्यक्ष र सञ्चालकहरूसमेत संलग्न भएको आरोप लगाइएको छ। सो उजुरी असार ८ गते अख्तियारमा दर्ता भएको हो। 

हिमालयनले जेठ १६ गते नै पुनर्बिमा व्यवसाय चलाउनका लागि आशयपत्र पाएको थियो। त्यसयता बीमा समितिले हिमालयन रिइन्स्योरेन्सका लगानीकर्तालाई ७ अर्ब पुँजीको जोहो गर्न पत्र काटिसकेको छ।

१०६ जना संस्थापक लगानीकर्ता रहेको हिमालयन रिइन्स्योरेन्समा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ५०/५० करोड रुपैयाँ लगानी गरेका छन्। 

प्रकाशित: Jun 23, 2021| 14:55 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्