बुधबार, असोज १४, २०८३

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

​ नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १२७ र हवाई इन्धन आन्तरिक ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको छ।  ​
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल/मट्टीतेल र आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ। इन्धनको मूल्य बढेर आएकाले बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले मूल्य बढाएको हो। 

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १२७ र हवाई इन्धन आन्तरिक ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको छ।  

अन्तर्राष्ट्रियतर्फको हवाइ ईन्धनमा भने प्रतिकिलोलिटर २० अमेरिकी डलर बढाइएर ७३५ डलर प्रतिकिलोलिटर पुर्‍याइएको छ।  खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ। 

मूल्य बढाइएपनि पेट्रोलियम पदार्थमा अझै घाटा रहेको निगमले बताएको छ। 
 

No description available.

प्रकाशित: Jun 23, 2021| 14:37 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्