काठमाडौं- मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीचमा बैंकंस्योरेन्स सम्झौता भएको छ । यस सम्झौता अनुसार, अब मेगा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि शाखाबाट रिलायवल लाइफ इन्स्योरेन्समा जीवन बिमा तथा प्रिमियम भुक्तानी, दाबी भुक्तानी जस्ता सेवा प्राप्त गर्न सक्नेछन् । यसका साथै जीवनबिमा गरिसकेका र गराइरहेकाको लागि पनि थप सुविधा प्राप्त हुनेछ ।
मेगा बैंकको प्रमुख कार्यलयमा बैंकका वरिष्ठ नायव महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकूत नारायण बाबु लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
मेगा बैंकले आफ्ना ग्राहकहरूको लागि आर्कषक बचत तथा मुद्दती खाता योजना ल्याएको छ । ‘मेगा राइजिङ मृद्दती खाता’ योजना अनुसार न्युनतम १ लाख रुपैयाँमा मुद्दती खाता खोल्न सकिनेछ । मासिक रूपमा ब्याज भुक्तानी हुने गरी वार्षिक १२.५ प्रतिशत ब्याज पाइनेछ । ग्राहकहरूलाई निक्षेपमा ९० प्रतिशतसम्म ओभरड्राफ््ट सुविधा दिने बैंकले जनाएको छ ।
अर्को योजनामा ‘मेगा राइजिङ बचत खाता’ मा भने १० हजारमै बचत खाता खोल्न सकिने र त्रैमासिक रूपमा ब्याज भुक्तानी हुने गरी वार्षिक ८.५० प्रतिशत ब्याज पाइनेछ । यस सेवा अन्र्तगत ग्राहकलाई चेकबुक, अकाउन्ट स्टेटमेन्ट, सि–आस्वा सेवा निशुल्क हुनेछन् । २ लाखसम्मको एबीबीएस सेवा निः शुल्क गरिनेछ ।
‘मेगा कर्पोरिट बेनिफिट बचत खाता’ योजनामा भने १ हजारमै खाता खोल्न सकिनेछ । त्रैमासिक रूपमा ब्याज भुक्तानी हुने गरी वार्षिक रूपमा ८.२५ प्रतिशत ब्याजको पाि व्यवस्था गरिएको छ । ‘मेगा राइजि« बचत खाता’ मा जस्तै यस योजनामा पनि चेकबुक, अकाउन्ट स्टेटमेन्ट, सि– आस्वा सेवा निशुल्क हुनेछन् । २ लाखसम्मको एबीबीएस सेवा निः शुल्क गरिनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४