बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चूडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब कर छलीको मुद्दा दायर

चूडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब कर छलीको मुद्दा दायर

कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्र बाहिर गई बदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको हो। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित ३ जना विरुद्ध १ अर्ब कर छलीको मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारक्षेत्र बाहिर गई बदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी नेपाल सरकारलाई प्राप्त हुने राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको हो। 

ढकालसहित आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकालविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ। उनीहरूले १ अर्ब ३३ लाख २० हजार बक्यौता कर छुट दिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

प्रकाशित: Jun 23, 2021| 09:03 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्