बुधबार, असोज १४, २०८३

'हुन्डाई चढौँ, अघि बढौं' अफर असार ३१ सम्म विस्तार

कम्पनीले नयाँ वर्षको अवसरमा 'हुन्डाई चढौं, अघि बढौँ' अफर ल्याएको थियो। सोही अफर असार ३१ गते सम्म विस्तार गरिएको हो।  निषेध आदेशका कारण वैशाखको मध्यदेखि स्थागित यो अफर असार ८ देखि विस्तार गरिएको हो। 
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- हुन्डाईका लागि नेपालका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्याएको नयाँ बिक्री योजना असार ३१ गतेसम्म विस्तार गरेको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै नयाँ विक्री अफरको अवधि लम्ब्याइएको जानकारी दिएको हो। 

कम्पनीले नयाँ वर्षको अवसरमा 'हुन्डाई चढौं, अघि बढौँ' अफर ल्याएको थियो। सोही अफर असार ३१ गते सम्म विस्तार गरिएको हो।  निषेध आदेशका कारण वैशाखको मध्यदेखि स्थागित यो अफर असार ८ देखि विस्तार गरिएको हो। 

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ। हरेक खरिदमा ग्राहकले स्क्रयाच कार्ड मार्फत ७८ हजारम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाखसम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्न सकिने कम्पनीको जानकारी दिएको छ। हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।  

लक्ष्मी इन्टरकन्टीनेन्टलले १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरमार्फत देशभर सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Jun 23, 2021| 07:38 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्