बुधबार, असोज १४, २०८३

मेगा बैंकले ल्यायो किसान कार्ड र कृषि कर्जा सुविधा

सम्झौतामा बैंकको तर्फबाट माइक्रो एन्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले हस्ताक्षर गरेका छन्।
 |  बुधबार, असार ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार ९, २०७८

काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले किसानलाई लक्षित गर्दै किसान कार्ड र कृषि कर्जा सुविधा उपलब्ध गराउने भएको छ। बैंकले हिमशिखर एग्रोसँगको सहकार्यमा यी सुविधा उपलब्ध गराउर्न सम्झौता गरेको हो।

सम्झौतामा बैंकको तर्फबाट माइक्रो एन्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले हस्ताक्षर गरेका छन्।

हिमशिखर एग्रोसँगको सम्झौतापश्चात् मेगा बैंकले ग्रामीण भेगका किसानलाई कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरू तथा बीउबिजन खरिद गर्न कृषि कर्जा तथा मेगा किसान कार्ड प्रदान गर्ने जनाएको छ।

बैंकका फाइनान्सिङ्ग विभाग प्रमुख खनियाले पहिलो चरणमा प्रदेश १ का किसानलाई किसान कार्डसहितको कृषि कर्जा स्थानीय शाखाहरुमार्फत् छिटोछरितो ढंगले प्रदान गर्न लागिएको बताए।

किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु तोकिएको स्थान तथा पसलहरुबाट खरिद गर्न सक्ने जनाएको छ।

प्रकाशित: Jun 23, 2021| 07:20 बुधबार, असार ९, २०७८
प्रतिक्रिया दिनुहोस्