काठमाडौं- चाबहलि चुच्चेपाटीमा रहेको हिम ईलेक्ट्रोनिक्सको शो रुमबाट २८ लाख चोरी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारत मोतिहारीका जितेन्द्ध रौनियार तथा रामेछाप खाँडादेबिका जयराम श्रेष्ठलार्इ पक्राउ गरेका छन् । उनिहरु चाबाहिल चुच्चेपाटी स्थित गोल्छा अर्गनाईजेसनद्धारा संञ्चालित हिम ईलेक्टोनिक्स तथा सामसुङको शोरुमबाट गत जेठ १८ गते राति पसल फोडी ८३ थान मोबाईलसहित नगद २८ लाख १८ हजार ९ सय २० रुपैयाँ बराबरको चोरी गरि फरार भएका थिए ।
नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको बिषेश टोलीले नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट २८ थान बिभिन्न ब्रान्डका मोबाइल बरामद गरीएको छ ।
दूवै जनालाई चोरीमुद्धामा आवाश्यक कारबाहीका लागी महानगरीय प्रहरी बृत्त गौशाला पठाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४